दुई ट्रक एकापसमा ठोक्किँदा आठ घाइते

732 पटक पढिएको

सम्पादक: Dhadingnews.com

amb

कुरिनटार  । पृथ्वी राजमार्ग अन्तरगत पर्ने चितवन जिलाको  कुरीनटारमा शनिबार  बिहान दुईवटा ट्रक एक आपसमा ठोक्किँदा आठ जना गम्भिर घाईते भएका छन् ।

नारायणगढ बाट काठमाण्डौ तर्फ जादै गरेको ना ४ ख ४६८ र विपरित दिशाबाट मुग्लिन तर्फ आउदै गरेको ना ३ ख ५९६३ नम्बरको मालबाहक ट्रक कुरिनटार केबुलकार स्टेसन नजिकै ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा परी गम्भिर घाईते भएका ८ जना लाई उपचारको लागी भरतपुर तर्फ ल्याईएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाईते हुनेमा दुबै ट्रकमा रहेको प्रहरीको भनाई छ ।