नुवाकोटको सामुदायिक वनमा काठ चोर्ने क्रम बढ्यो

888 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

kath-4-1नुवाकोट– नुवाकोटको एक सामुदायिक बनमा सालको काठ कटान तिव्र रुपमा भएको छ । दुई पिपल गाँउ विकास समिति वडा नम्बर ७ महादेवखर्क स्थित गौलिङगगेश्वरी सामुदायिक बनमा काठको कटान बढी मात्र भएको स्थानीयले बताएका छन् । काठ तस्करहरुले सामुदायिक वनमा रहेको सालको रुख काटेर गोलिया बनाई ओसारी रहेको समयमा उपभोक्ताहरुले काठ नियन्त्रणमा लिएका छन् । तस्करहरुले काटेका ९३ थान गोलिया स्थानीय उपभोक्ताहरुले नियन्त्रमा लिएका छन् । उपभोक्ताहरुले नियन्त्रणमा लिएका काठका गोलाई दुईपिपल प्रहरी चौकिमा राखीएको छ । वस्तीभन्दा केही तल पर्ने सामुदायिक वनमा दुई बर्ष पहिले पनि तस्करहरुले ठुलो परिणामका काठ कटान गरी लगेको घट्ना धेरैपछि सार्वजनिक भएको थियो । अघिल्लो बर्षहरुमा जस्तै वनमा काठ कटान हुनसक्ने भन्दै गाँउका युवा संरक्षणको लागि वनमा समय समयमा निगरानी बढाउदै आएका थिए । वनमा बरामद भएको काठ झिल्टुङग प्रहरीले दुई वटा मिनी ट्रक प्रयोग गरी संरक्षण, कारबाही तथा अनुसन्धानको लागि प्रहरी चौकीमा ल्याएको प्रहरी हबल्दार लखेन्द्र भगत मालीले जानकारी दिनुभयो । काठ कटान भएको सामुदायिक वनको बारेमा अनुसन्धान भईरहेको वन कार्यलय नुवाकोटले जनाएको छ । सरकारले २०६४ सालदेखी संरक्षणको लागि सालको काठ कटानमा प्रतिवन्ध लगाएपनि काठ तस्कर, फर्निचर व्यवसायीको मिलेमतोमा नुवाकोटमा सालको काठको कटान तिव्र बन्दै गएको छ ।