नेपाली लोक संगित हाम्रो पहिचान हो-किरण प्रसाद अधिकारी

906 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

10937284_1538884643032742_161407871_nनुवाकोट जिल्ला आफैँमा ऐतिहासीक भुमी हो । र सधै चर्चामा रहने नुवाकोट अहिले विशेष चर्चामा रहेको छ । नुवाकोट जिल्लामा पहिलो पटक लोक दोहोरी अवार्ड आयोजना हुन लागेकोले पनि यस कारणले पनि चर्चामा रहेको छ । र यो चुनौतीपुर्ण कार्यको थालनी भने नुवाकोटबाट प्रकाशन हुने सुन्दरादेवी सन्देश साप्ताहीक र यसका प्रकाशक किरण अधिकारीले गरेका छन् । अधिकारी मोफसलमा रहेर पत्रकारीमा समेत क्रियाशिल रहेका उनि हाल राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान वाग्मती अञ्चल समितिको अध्यक्ष, एभरेष्ट नेपाल कल्चरल ग्रुपको निर्देशक, नेपाल प्रेस युनियन नुवाकोट समितिको अध्यक्ष, लगायत धेरै संघसंस्थामा आवद्ध रहेकाछन् । अधिकारी आगामी बैशाख ११ गते “प्रथम सुन्दरादेवी वाग्मती अञ्चल स्तरीय लोक दोहोरी अवार्ड” कार्यक्रम गर्ने घोषणा गरेका छन । अवार्ड कार्यक्रमको तिब्र तयारीमा रहेका अधिकारीसगँ  अवार्डकै सेरोफेरोमा रहेर धादिङ न्यूज डट कमले   गरेको कुराकानीको सम्पादीत अंश
१,अवार्ड आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?
“नेपाली लोक संगित हाम्रो पहिचान” संचार संस्थाबाट कलाकार सम्मान गर्ने हाम्रो अभियान” लोक संगित हाम्रो चिनारी हो । लोक संगितलाई उजागर गर्नु हाम्रो कर्तव्य पनि हो । यसबाट नै अवार्डको आयोजना गर्नुको उद्देश्य प्रष्ट हुन्छ ।
२,अहिले कतिको व्यस्त हुनुहुन्छ ?
 ठिकै भन्नु परो । सधै झै आफ्नै नियमीत कार्य प्रत्रकारीता र सामाजिक सेवामा व्यस्त छु । त्यसैगरि बैशाखमा हुने लोक दोहोरी अवार्डको तयारीमा  लागेको छु ।
३, अवार्ड नुवाकोटमा नै गर्नुको कारण र कहिले गर्दै हुनुहुन्छ ?
काठमाण्डौँमा भएको केन्द्रिय अवार्ड छोडेर वाग्मती अञ्चल स्तरीय यो पहिलो अवार्ड हो । वाग्मती अञ्चलको सष्ट्रा सर्जकको खोजी हो । त्यसमाथी नुवाकोट एउटा ऐतिहासिक जिल्ला हो । त्यसैले ऐतिहासिक स्थान ऐतिहासिक कार्य थालनी गरौँ भनेर  हो । ।
अवार्ड २०७२ बैशाख ११ नुवाकोटमा एक भव्य र सभ्य समारोह विच सम्पन्न हुने छ ।
४, मोफसलको एउटा साप्ताहिक पत्रिकाले यति ठुलो काम आटेको छ , अवार्ड कार्यक्रम गरेर सफल भइन्छ त ?
    यति महत्वपूर्ण कार्य सफल नहुने त कुरै भएन । अवार्ड कार्यक्रम सफल मात्र होइन कलाकारलाई अवार्डले उच्च सम्मान मिल्नेछ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु । यो अवार्ड सफल मात्र होइन ऐतिहासिक कार्य हो ।
असम्भव भन्ने चिज केही पनि हूँदैन । आँट गनुपर्छ पुग्छ । किनकी सुन्दरादेवी सन्देशको आयोजनामा यस भन्दा अगाडी पनि दुईवटा भव्य कार्यक्रम सम्पन्न भईसकेको छ । त्यसैगरि सुन्दरादेवी सन्देशको साथमा तपाईहरु जस्ता लगनशिन साथीहरु हुनुहुन्छ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान छ । त्यसैले ढुक्क छौँ । सहयोगी हातहरु अगाडी आईसक्नु भएको छ ।
५,कहिले देखि आबेदन फर्म खुल्छ रु र अवार्डको तयारी कस्तो छ ?
माघ १५ देखि हामी आबेदन फर्म खुल्ला गर्छौ । अवार्ड गर्न सात सदस्यीय समिति गठन गरिएको छ । यसैगरि लोक दोहोरी क्षेत्रका, चलचित्र क्षेत्रका हस्तीहरु सम्मिलित सल्लाहकार समिति पनि बनाईएको छ । अहिलेको अवश्थामा हामी प्रचारप्रसारको चरणमा नै छौँ ।
६,आयोजक समितिमा सदस्य कोको हुनुहुन्छ र सल्लाकार समितिमा   को को हुनुहुन्छ   ?
     लोक दोहोरी अवार्डको लागी ७ सदस्यीय समिति गठन गरिएको छ । जसमा अध्यक्ष किरण प्रसाद अधिकारी, सदस्य सचिव राज न्यौपाने कार्यक्रम संयोजक अनिता अधिकारी, सदस्यहरुमा शैलेश शाहि,प्रलाह द के।सी, चन्द्रलाल तमाङ र विष्णु क्षेत्री रहनुभएको छ । त्यसैगरि अवार्डलाई आवश्यक सल्लाह सुझाव दिनको लागी चलचित्र पत्रकार संघका केन्द्रिय अध्यक्ष शान्तिप्रिय राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको संरक्षक दुर्गा रायमाझी, वरिष्ठ लोक गायक, संगितकार एवं चलचित्र निर्माता नारायण रायमाझी, फेडेरेसन अफ इन्टरनेसनल डँन्स फेष्टिबलका एसिया होदेशका निर्देशक तथा एभरेष्ट नेपाल कल्चरल ग्रुकिो अध्यक्ष रामचन्द्र कोइराला, वरिष्ठ चलचित्र निर्देशक मोहन निरौला र चलचित्र निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल रहनुभएको ६ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
७,यो अवार्डमा सहभागीको लागी कस्तो दायरा बनाउनु भएको छ ?
कुनै पनि अवार्डको दायरा हुन्छ । यो अवार्डमा भाग लिन वाग्मती अञ्चल भित्र जन्मनु भएका र जसले वाग्मती अञ्चल भित्रको नागरिकता लिनु भएको छ । उहाँहरुले भाग लिन पाउनुहुन्छ ।
८, तपाईले गर्न लाग्नु भएको लोक दोहोरी अवार्डमा कतिको सहयोग पाउनु भएको छ ?
  अहिलेसम्म राम्रो प्रतिक्रिया पाएको छु र सहयोगका लागी पनि सहयोगी हातहरु पाएको छु । सुन्दरादेवी सन्देश साप्ताहिकले प्रकाशन थाले देखि नै लोक संगितलाई  प्रथमिकता दिदैँ आएको छ ।
९,अवार्डलाई वाग्मती अंचल भित्र नै समित गर्नुको कारण ?
पहिलो पटक भएकोले यसो भएको हो । यो अवार्ड भव्य र सभ्य रुपमा सफल गराउन सकियो भने अर्को वर्ष हामी केन्द्रिय स्तरमा जान्छौँ । नेपाली लोक संगित हाम्रो पहिचान, संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान भन्ने नारा सहित हामी देशभर पुग्छौँ ।
१०, अन्त्यमा के भन्नु हुन्छ ?
  भाईलाई धन्यवाद अनि लोक दोहोरी अवार्डको लागी सबैको साथ सहयोग पाएको छु । अझैं पाउने आशामा छु ।