विश्व धूमपान विरुद्वको दिवस धादिङमा पनि

742 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/विश्व धूमपान विरुद्वको दिवस धादिङमा पनि शुक्रवार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
सर्ुर्तीजन्य पदार्थको विज्ञापन, पर््रवर्द्वन तथा प्रयोजनमा प्रतिबन्ध लगाउँ भन्ने नारा सहित सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले बिभिन्न कार्यक्रम गरी यो दिवस मनाएका छन् । यसै क्रममा कोसोक नेपाल/स्वास्थ्य अधिकार तथा सर्ूर्ति नियन्त्रण जिल्ला सञ्जाल धादिङको आयोजनामा सर्ूर्ति तथा मदिरा नियन्त्रणमा विद्यार्थीको भूमिका विषयमा स्वास्थ्यकर्मी, शिक्षक र विद्यार्थीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । अन्तरक्रियामा बोल्दै धादिङका बरिष्ठ जनस्वास्थ्य प्रशासक महम्मद दाउदले सर्ूर्तिजन्य पदार्थ नियन्त्रण ऐन नियमावली प्रभावकारी रुपमा कार्यान्वयनमा स्थानीय स्तरबाट नै पहल थाल्नर्ुपर्ने बताउनुभयो ।

960110_10200529362529101_1170914549_n

सरकारले मात्र नियम कार्यान्वयन गराउन नसक्ने भन्दै बरिष्ठ जनस्वास्थ्य प्रशासक दाउदलेले यस्ता कार्य रोक्न विद्यालय र समुदाय स्तरबाट नै पहल थाल्न आवश्यक रहेको बताउनुभएकोथियो ।  नियम कार्यान्वयन हुन नसक्दा नर्सने रोगका कारण हुने मृत्युको घटनामा कर्मी आउन नसकेको दाउदको भनाई थियो । नर्सनै रोग मुटु, मधुमेह, फोक्सो क्यान्सर आदी रोगहरुको प्रमुख कारण नै सर्ूर्तिजन्य पदार्थको मुख्य कारण रहेकोले सर्ूर्तिजन्य पदार्थ सेवन न्युनिकरण गराउन विद्यालय स्तरबाट चेतना अभिवृद्धिका कार्यक्रम थाल्नर्ुपर्ने जिल्ल्ाा स्वास्थ्य कार्यालयका विष्णु रिजालले बताउनुभयो । समाजमा १५ देखि २० वर्षउमेर समूहका व्यक्तिहरु बढिमात्रामा सर्ूर्तिजन्य पदार्थ सेवनमा फस्ने गरेको भन्दै उहाँले आफ्ना बालबालिकाहरुप्रति विशेष ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा कोसोक नेपालका कार्यबाहक अध्यक्ष एवं् पत्रकार सीताराम अधिकारीले चुरोट, विँडी,  पानपराग, खैनी लगायतका सर्ुर्तीजन्य पदार्थ सेवन न्यूनिकरणको लागि पहिले आफ्नै घरका सदस्यहरुबाट नखाने बानीको सुरुवात गर्नर्ुपर्ने बताउनुभयो । नेपालमा सर्ुर्तीजन्य पदार्थको सेवनबाट प्रत्येक दिन ४६ जनाको मृत्यु हुने गरेको विभिन्न तथ्याङ्कहरु देखाउँदै पत्रकार अधिकारीले वाषिर्क १७ हजारभन्दा बढि मानिसको ज्यान जाने गरेको जानकारी गराउनुभयो । सरकार जनस्वास्थ्यमा संवेदनशिल नभई राजश्वलाई प्राथमिकतामा राखेर रक्सीको व्यापारमा छुट दिइरहेको भन्दै उहाँले मदिरासँग सम्बन्धित ऐनले पनि मदिराको उत्पादन, बिक्रि वितरण र प्रयोग सम्बन्धी नियन्त्रण गर्नेमा होइन, मदिरा उद्योगलाई बढावा दिएर व्यापारिक पक्षलाई प्राथमिकता दिइरहेको बताउनुभयो । समुदायलाई सर्ूर्ति तथा मदिरा मुक्त बनाउने हो भने पहिले समाजमा रहेका विद्यालयलाई सर्ूर्ति र मधिरा मुक्त विद्यालय बनाउनर्ुपर्ने सहभागीहरुको भनाई थियो । कार्यक्रमकैबीच विद्यालय र समुदाय क्षेत्रमा सर्ूर्ती तथा मादकजन्य पदर्थ सेवन र विक्रि वितरण न्यूनीकरण गर्नका लागि सामुहिक प्रतिवद्धता सहित कोसोक नेपाल र स्वास्थ्य अधिकार तथा सर्ूर्ती नियन्त्रण जिल्ला सञ्जाल धादिङले एक घोषणापत्र जारी गरेको छ । विद्यालय स्तरमा पढ्ने छात्रा-छात्राहरुमा समेत सर्ूर्ती तथा मदिराजन्य पदार्थको दर्ुर्व्यसनीले शैक्षिक विकासक्रममा अवरोध आएकोले त्यस्त कार्यलाई तत्काल रोक लगाउनको लागि विद्यालय र समुदाय स्तरमा विभिन्न कार्यक्रमहरु संचालन गरिनर्ुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणापत्रमा कार्यक्रममा सहभागी विभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यार्थी र संचारकर्मीहरुले हस्ताक्षर गरेका छन् ।