आइसिसी डिभिजन २ क्रिकेट : नामिबियामाथि नेपालको सानदार जित

760 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

B74THZUCAAEn_e_काठमाडौं : आइसिसी विश्व लिग क्रिकेट डिभिजन २ अन्तर्गतको बुधबार भएको खेलमा नेपालले आयोजक नामिबियामाथि सानदार जित निकालेको छ ।

कप्तान पारस खड्काको अलराउन्डर प्रदर्शनको मद्दतमा नेपाली टिमले नामिबियामाथि ३ विकेटको सानदार जित निकालेको हो । पारसले ५६ बलको सामना गर्दै ६४ रन बनाएपछि एक समय अफ्ठेरोमा परेको नेपाललार्इ जिताएका हुन् ।

सुरुवाती धक्का बेहोरेको नेपाललार्इ कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले। नेपालका ओपनरहरु सागर पुन र सुवास खकुरेल सस्तैमा आउट भएपछि क्रिजमा आएका कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट साझेदारी गरेपछि नेपाल गतिलो जितको हकदार भएको हो ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले ७३ बलमा ३१ रन बनाइ क्याच आउट भए । सागर पुन सात रन जोड्दै क्याच आउट भए भने सुवास खकुरेल चार रनमा आउट भएका थिए । त्यसैगरी पारसको स्थानमा आएका शरद भेसवाकर १० बलमा ७ रन जोड्दै आउट भए । आरिफ सेख १ रनमै आउट भए ।

यसअघि टस हार्दै पहिले ब्याटिङ गरेको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमार्इ १४२ रन बनाएपछि नेपालले मध्यम चुनौती पाएको थियो ।

आइसीसी डिभिजन २ क्रिकेट प्रतियोगिता अन्तरगतको चौथो खेलमा टस जित्दै पहिले फिल्डिङ गरेको नेपालले घरेलु टोली नामिबियालार्इ शुरुबाटै दवाबमा राखेको थियो । नेपालको कसिलो बलिङका अगाडि नामिबियाका खेलाडीले खुलेर खेल्न सकेनन् । नामिबियाका लागि रेमोन्ड भार स्कुरले ८० बलको सामना गर्दै सर्वाधिक २८ रन जोडे ।

त्यसपछि जेपी कोट्जेले ४१ बलमा २७ रन बनाएर पेभेलियन फर्के । त्यसैगरी लोयुइ काल्जिङ्गले २४ रन जोडे ।  बनाएको अवस्थामा क्याच आउट भए । निकोलसले १६ रन जोडे । सरेल बर्गरको नाममा १५ रन रह्यो । त्यसैगरी जेर्राड इरास्मस १४ रनमा क्याच आउट भए ।

अन्य ब्याट्सम्यानले दोहोरो स्कोर गर्न सकेनन् । नामिबियाका स्टेफन बर्राड ९ रनमा क्याच आउट भए । त्यसैगरी गेर्री सिनमन २ रनमा आउट भए।  यस्तै विलियन्‍सलाई १ रन बनाएको अवस्थामा करण केसीले पेभेलियन फर्काए।

नेपालको बलिङलार्इ आज पनि करण केसीले सफल बनाए । क्यानाडाविरुद्दको खेलमा ५ विकेट लिएका उनले नामिबियाका ३ विकेट झारे । त्यसपछि सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गाैचनले ब्यक्तिगत २/२ विकेट झारे ।

-अन्नपूर्ण पोष्ट डट कमबाट