उत्तरी भेगका तीन गाविसमा आलुको बिउ वितरण

1984 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

aaluko biuधादिङबेसी–उत्तरी धादिङको किटमा रहेको तीन वटा गाविसमा व्यवसायिक आलु खेतीका लागि किसानहरुलाई सहयोग दिन थालिएको छ । जिल्लाको झार्लाङ, तिप्लिङ र सेर्तुङ गाविसमा व्यवसायिक रुपमा आलु खेती गर्न चाहने कृषकहरुलाई फोकस नेपाल धादिङले नयाँ आलुको विउ वितरण गरेको छ
। कृषि मुल्य श्रृङ्खला प्रर्वद्धनद्धारा हिमालयन सामुदायिक विकास परियोजना अन्र्तरगत फोकस नेपाल धादिङले जिल्लाका तीन गाउँ विकास समितिका ४ सय ५७ जना कृषकहरुलाई आलु विउ वितरण गरेको फोकस नेपालका कार्यकारी निर्देशक एकराज छत्कुलीले जानकारी दिनु भयो ।
कृषि अनुसन्धान परिक्षणको निरिक्षणमा उत्पादन गरीएको रेर्ड कार्डिनर जातको आलुको नयाँ विउ परीक्षणका रुपमा वितरण गरिएको पनि छत्कुलीले बताउनु भयो । किसानलाई बितरण गर्नका ल्याईएको १३ हजार किलो ग्राम रेड कार्डिनर आलु बिहीवार विहान धादिङबेसीबाट मोटरमा राखेर दार्खा गाविसको घ्याङस्याङ पठाईएको छ । सडक सञ्जालले नछोएको उत्तरी धादिङका विकट पांच गाउँ विकास समितिको प्रमुख व्यापारिक केन्द्रको रुपमा घ्याङसाङ रहेको छ ।
झार्लाङ, तिप्लिङ र सेर्तुङका कृषकहरुको आयआर्जन बृद्धि गर्ने उद्देश्यले फोकस नेपालले यस भेगका किसानहरुलाई लक्षित गरी विभिन्न गतिविधि सन्चालन गर्दै आईरहेको छ । उत्तरी धादिङको हावापानी र माटोको परीक्षण पछि यहाँकोे लागि उपयोगी देखिएकोले पहिलो पटक आलुको नयाँ विउ वितरण गर्न लागिएको संस्थाले जनाएको छ । सदरमुकामबाट घ्याङसाङसम्म पठाईएको आलुको बिउ झार्लाङका २ सय २७ जना कृषकलाई प्रति घर ३५ किलो ग्रामको दरले शुक्रवार वितरण गरिने फोकस नेपालका कृषि प्राविधिक रामनाथ महतोले बताउनु भयो । यसैगरी सेर्तुङका १ सय किसानहरुलाई २० किलोग्राम र तिप्लिङ गाविसका १ सय २६ जना कृषकहरुलाई पति २० किलोग्रामका दरले केहिदिन पछि विउ आलु वितरण गरिने वताईएको छ । आलु वितरण गरेको १५–२० दिनपछि मात्र आलु लगाउन सुरु हुने पनि महातोले धादिङ न्यूजलाई बताउनु भयो ।