आज माघ ८ गते, खोई त संविधान ?

606 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

sambidhan shavaआज माघ ८ गते राजनीतिक दलले गरेको प्रतिवद्धता अनुसार नेपाली जनताले संविधान पाउने दिन । दोस्रो संविधानसभाको बैठक बसेको आज १ वर्ष पुरा भएको छ  । पहिलो बैठकमा सभाध्यक्ष सुबासचन्द्र नेम्बाङले २०७१ माघ ८ गते संविधान जारी गर्ने गरेको प्रस्तावलाई संविधानसभाले सर्वसम्मतिले पारित गरेको थियो । दलहरुको निर्वाचन घोषणापत्रमा पनि भाषा र शैली आ–आफ्नै भए पनि सबै दलले ६ महिनाभित्र संविधानको मस्यौदा र १ वर्षभित्र संविधान जारी गर्ने प्रतिवद्धता गरेका थिए । तर, आज माघ ८ गते दलहरुले संविधान त के जनतालाई मस्यौदा समेत दिन सकेनन् । एक वर्ष सम्म सहमतिको रटान लाएका दलहरुले अन्तिम समयमा आएर छलफलका लागि वातावरण समेत विगारेका छन् । यही माघ ६ गते सम्म पनि सहमति हुन नसकेपछि सत्तारुढ दल कांग्रेस र एमालेले प्रक्रियामा गएर संविधान जारी गर्ने प्रयास गरेका थिए । तर, एकिकृत नेकपा माओवादी र मधेसवादी दलका सभासदले सभ्य र संविधानसभाको नियम कानुन भित्र रहेर प्रक्रियालाई रोक्नुपर्ने ठाउँमा उल्टै तोडफोड र हुलदङ्गामा गएर संविधानसभालाई अल्पमतको बन्धकमा राखे । जसले, गर्दा दलहरु दुई ध्रुवमा विभाजित भई छलफलमा समेत सामेल हुन् सकेका छैनन् ।