नेपालद्वारा केन्यासामू १९५ रनको लक्ष्य प्रस्तुत

594 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Nepali_National_Cricket_team_987290981आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टूमा नेपालले केन्यालाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट ब्याटिङको मदतमा निर्धारित ४९.५ ओभरमा सबै विकेट गुमाएर १९४ रन बनायो ।

नेपालको सुरुवात भने राम्रो रहेन । सागर पुन र सुवास खकुरेल ओपनिङमा थिए । तर, नेपालको स्कोर ३ हुँदा सुवास २ रनमा आउट भए भने दोस्रो विकेटका रुपमा सागर पुन आउँदा हुँदा नेपालको स्कोर १७ थियो । नेपालले थप एक रन जोड्दा नरेश बुढायर शुन्यमा आउट भए ।

तर, नेपालको पारी कप्तान पारस खड्का र उपकप्तान ज्ञानेन्द्र मल्लले सम्हाले । कप्तान र उपकप्तानले ४८ रनको साझेदारी गरे ।

चौथो विकेटका रुपमा पारस २० रनमा आउट हुँदा नेपालको स्कोर ६६ थियो । उपकप्तान ज्ञानेन्द्रले टिकेर खेलिरहे । ३८ औं ओभरमा ज्ञानेन्द्रले अर्धशतक पुरा गरे, जतिबेला नेपालले ५ विकेट गुमाइसकेको थियो ।

नयाँ व्याट्सम्यानले उनलाई राम्ररी साथ दिन सकेनन् र क्रिकेट झर्ने क्रम जारी रहृयो । उपकप्तान ज्ञानेन्द्र ९१ मा अविजित रहे । ११६ बलको सामना गरेका उनले सात चौका हाने ।

नेपाली क्रिकेटले एउटा खुट्टा डिभिजन वानमा राखिसकेको छ । नेपाललाई जित हात पार्दै डिभिजन वानमा सजिलोसँग बढुवा हुने अवसर छ ।

केन्याविरुद्धको जितले नेपालले अन्तरमहादेशीय कप र विश्व क्रिकेट च्याम्पियनसिपमा स्थान बनाउने छ ।  अन्तरमहादेशीय कप चारदिवसीय हो भने विश्व क्रिकेट च्याम्पियनसिप त्यसको वन डे संरचना हो ।

हारले केन्यालाई डिभिजन थ्रीमा घटुवा गराउनेछ । त्यसैले उसका लागि पनि गर या मरको अवस्था भएकाले आज नेपाल ढुक्क हुने अवस्था छैन ।

अनुभवी टीम केन्याका केही खेलाडीले खेलमा कुनै पवि बेला विपक्षीलाई स्तभ्द बनाउन सक्ने भएकाले नेपालले पछिल्ला तीन खेलमा जस्तै प्रदर्शन गर्नु पर्ने प्रशिक्षक पुवुदु दशानायकले बताएका छन् ।

डिभिजन टूमा नेपाल तीव्र बलरले निकै राम्रो प्रदर्शन गरेका छन् । नेपालले लिएको ४० मध्ये २२ विकेट तीव्र तथा मध्य गतिका बलरको नाममा छ ।

– S