धादिङ कृषिमा १ हजार आवेदन, १ सय ९० योजनालाई अनुदान

861 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,- कृषिलाई उद्योगका रुपमा रुपान्तरण गर्न लामो समयदेखि अहोरात्र मेहनत र परिश्रम गरिरहेका किसानलाई सरकारले कृषिमा अनुदान प्रतिवद्धताले केही समय हौसला मिलेको थियो । जव कोटा तोकेर अनुदान लिन आवेदन भएपछि पहिलो गाँसमै ढुंगा लागे जस्तो भएको छ कारोवार दैनिकले खबर लेखेको छ ।

picture_agro_problemपृथ्वी राजमार्ग र त्रिभुवन राजपथ पर्ने गाँउ विकास समिति र आपसासका गाँँउ विकास समितिका किसानहरु करिव १० हजार ताजा तरकारी उत्पादनमा कार्यमा संलग्न छन् । उनीहरुलाई अनुदान कार्यक्रमले एक पटक लोभ्यायो । १ सय ९० वटा अनुदान कोटाका लागि जिल्ला कृषि विकास कार्यालयमा ९ सय ७५ आवेदन दर्ता गराएका थिए । छनौटमा परेका १ सय ९० योजना सम्पन्न गर्न १ करोड ३० लाख ४० हजार अनुदान कृषकहरुले पाएकाछन् ।

कृषिमा यूवालाई आर्कषित गर्न तरकारी खेती तर्फ ४ सय १९ जनाको आवेदनबाट ६० जना किसान अन्तिम छनौटमा परेकालाई तालिम दिईसकेको र उनीहरुलाई ४० हजारका दारले २४ लाख वागवानी विकास अधिकृत केशव घिमिरेले बताए । माछा पालन तर्पm ७७ जना कृषिले आवदेन गरेकोमा ४ जना यूवालाई ५० हजारका दरले अनुदान दिने वांकी रहेका किसानहरुलाई नियमित कार्यक्रममा समेट्ने कृषि प्रसार अधिकृत दुर्गादत्त पन्थीले बताए ।

यसैगरी महुरी पालन तर्फ २ सय ३७ जनाले आवेदकबाट २० जना यूवालाई १ लाख ८० हजारका दरले ३६ लाख र १ सय ११ जना आवेदकबाट ४० जनलाई २० हजारका दर ८ लाख अनुदान लिने कृषकको अन्तिम छनौट भई तालिम सञ्चालन भईरहेको वाली संरक्षण अधिकृत मादव भट्टले बताए । साथै साना सिंचाइका लागि १ सय २३ आवेदनबाट ६० वटा योजनालाई ३७ लाख ५० हजार, आकास्मिक कोषको १ लाख ५० हजारबाट साना सिंचाई अन्तरगत प्लाष्टिक पोखरी निमार्ण १ र साना सिंचाई १, सहकारी स्किम २ वटाको लागि ८ लाख ४० हजार र सहकारीमा आधारित सिंचाई आयोजनामा परेको ४ आवेदनबाट छनौटमा परेको १ वटा आयोजनालाई ३ लाख दिने जिल्ला कृषि विकास समितिको निणर्य बमोजिम योजना कार्यान्वयन चरणमा गईसकेको वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडालले बताए । धादिङमा १० हजार भन्दा बढी कृषकले व्यावसायिक कृषिमा लागिरहेकाले अहिलेको अनुदान कोटा अर्को वर्ष १० गुणा बढाउनु पर्ने कौडालले बताए ।