कृषि क्षेत्रको विकासका लागि सहकारी उपयुक्त माध्यम –गर्भनर खतिवडा

726 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0251धादिङ, १६ माघ- धादिङको सेमजोङ र कटुञ्जेमा रहेका दुई वटा साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापन समुदायलाई हस्तान्तरण गरिएको छ । शुक्रवार धादिङको कटुञ्जे गाविसको कटुञ्जे वजारमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गर्भनर डा. युवराज खतिवडाले अनुसरण कार्यक्रमबाट प्रवर्धन भएका पाविल र सेमजोङ साना किसान कृषि सहकारीको व्यवस्थापन स्थानीय साना किसानहरुलाई हस्तान्तरण गर्नुभएको हो ।
समुदायलाई सहकारीको व्यवस्थापन हस्तान्तरण गर्दै गभर्नर खतिवडाले कृषि प्रति मोह घट्दै जानु, युवाहरु पलायन हुनु र यसले गम्भीर आर्थिक समस्याहरु उत्पन्न हुँदै जानु अनिष्ठको संकेत भएकाले गाउँमा कृषिलाई उन्नत र क्रियाशील बनाउन सहकारी उपयुक्त माध्यम हुन सक्ने बताउनु भयो । ‘सामाजिक र आर्थिक रुपान्तरण सँगसँगै अघि बढ्दै जाने कुरा भएकाले महिलाहरुलाई आर्थिकरुपले अझै सवल बनाउन साना किसान विकास बैङक व्यवस्थापनलाई गर्भनर खतिवडाले निर्देशन दिनु भयो । कार्यक्रमलाई धादिङ क्षेत्र नम्बर १ का सभासद धनवहादुर घले र समानुपातिक सभासद परशुराम तामाङले पनि सम्वोधन गर्दै सहकारीले गरिबी निबारण र विपन्न समुदायको आयस्तर उकास्न मद्ध्त पुग्नेमा जोड दिनु भएको थियो ।
लघुकर्जा र साना किसान विकास बैङ्कले सञ्चालन गरेको कार्यक्रमले महिलाहरुलाई आर्थिक रुपमा सवल र आर्थिक निर्णयमा पहुँच बढाउन सहयोग पु¥याएको खतिवडाले बताउनु भयो । सहकारी संस्थाहरु झिना मसिना बिषयमा सिमित नरही कृषि प्रविधिको विकास र व्यावसायीकरणमा आफ्नो क्षमता प्रदर्शन गर्नु पर्ने गर्भनर खतिवडाको जोड थियो । कार्यक्रममा साना किसान विकास बैकका निमित्त प्रमुख कार्यकारी अधिकृत झलेन्द्र भट्टराईले बैङकको प्राविधिक र वित्तीय सहयोगमा छिमेकी गाविसमा रहेका साना किसान सहकारी संस्थाहरुबाट साना किसान सहकारी संस्थाहरुको प्रवर्धन गर्ने गरिएको जानकारी दिनु भएको थियो । साना किसान कृषि सहकारी एउटा गाउँको गरिब किसानको घरमा पुग्ने भएकाले तीनै गरीबले चलाएको कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गभर्नर स्वयंको उपस्थिति ज्यादै महत्वपूर्ण रहेको वताउनु भयो ।
‘नयाँ साना किसान सहकारी संस्थाको क्षमता विकास, अनुगमन र कर्जापूँजी उपलब्ध गराउन साना किसान बैकले सहयोग गर्ने र यी संस्थाहरु मार्फत विपन्न तथा साना किसानहरुले पूँजी, सीप, प्रविधिको माध्यमबाट बजारसम्म सहज पहुँच पुगी उनीहरुको आर्थिक र सामाजिक विकासमा टेवा पुग्ने पाठकको भनाई रहेको थियो । कार्यक्रममा गर्भनर खतिवडाले कटुञ्जे र सेमजोङमा रहेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्षलाई व्यवस्थापन हस्तान्तरण गर्र्दै प्रमाणपत्र वितरण गर्नुभएको थियो ।