कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टको सन्यास

591 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

resize_image

 काठमाण्डौ ,१७- माघ । कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्टले खेल जीवनबाट सन्यास लिएका छन् । राजधानीमा आज आयोजित कार्यक्रममा विष्टले खेलाडीका रुपमा तेक्वान्दोबाट बिदा भएपनि प्रशिक्षणलाई निरन्तरता दिने बताए । दुई दशक लामो खेल जीवनबाट सन्यास लिने क्रममा विष्टले आगामी दिन थप चुनौतीपूर्ण भएपनि त्यसलाई स्वीकार्ने प्रतिक्रिया दिए । सन्यास कार्यक्रममा विष्टलाई विभिन्न संस्थाको सहयोगमा भक्सवागनको पोलो कार हस्तान्तरण गरिएको थियो । सरकारले कारमा लाग्ने कर मिनाहा गरेको छ ।

सन् २०१० को ११ औं दक्षिण एशियाली खेलकुदपछि तेक्वान्दो खेलाडीका रुपमा निस्क्रिय रहेका विष्टले ५ वर्षपछि सन्यासको घोषणा गरेका हुन् । सागमा लगातार चार स्वर्ण जित्ने कीर्तिमान विष्टको नाममा छ । उनले ८ देखि ११ औं संस्करणमा स्वर्ण जितेका हुन् । त्यस्तै एशियाली खेलकुदमा पनि विष्टले २ काश्य पदक जितेका छन् । उनले सन् २००२ मा दक्षिण कोरियामा भएको १४ औं र सन् २००६ मा कतारको दोहामा भएको १५ औं संस्करणको एशियाली खेलकुदमा काश्य जितेका हुन् ।

त्यस्तै विष्ट ओलम्पिकमा छनोट चरण पार गरेर सहभागिता जनाउने दोस्रो नेपाली खेलाडी हुन् । उनले सन् २००८ मा भएको बेइजिङ ओलम्पिकका लागि त्यस्तो सफलता प्राप्त गरेका थिए । तेक्वान्दोकै संगीना बैद्य ओलम्पिकमा छनोट हुने पहिलो खेलाडी हुन् ।