लोकतन्त्रलाई जोकतन्त्र बनाइयो !

691 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

-बिष्णु सामरी


भरभराउदो गणतन्त्रको मुनालाई अहिले लोकतन्त्रका पक्षपाती भनौ अथवा लोकतन्त्रकै अगुवाइ गर्ने हरु बिच एक आपसको द्वन्दले गणतन्त्रले गती लिरहन सकेकोछैन नेपालमा गणतन्त्र स्थापना भएको करिब छ बर्ष बित्न लागिसकेको छ यही अबधिमा संबिधान निर्माण स्थायी सरकार,राजनितिक अस्थिरता न्युनिकरण हुनु पर्नेहो तर दोस्रो जनाअन्दोलन पस्चात नेपालीहरुले  माथि उल्लेखित संबिधान निर्माण स्थाई सरकार लगायतका आश्वासन हरु केवल आशाको खेतिमा परीणत भएको छ। bishnuन स्थानिय निकाय छ न भएको नियम कानुनको पालना भएको छ यहाँ ठुलाबडालाई ऐन गरीब साना निमुखा हरुलाई मात्रै कानुन लागु हुन्छ । बल मसल र पैसाकोभरमा राजनीति चलेको छ । नेता,मन्त्री सभासद  हुन न विश्वाबिद्यालयको डिग्री चाहिन्छ न कुनै कामको अनुभब चाहिन्छ हो यस्तै जोक्कर हरुले लोकतन्त्र,गणतन्त्रलाई जोकतन्त्र बनाइरहेका छन । सम्मानित संबिधान सभा बाट सबैले एकै मुखले भने हामी एक बर्षमा संबिधान दिन्छौ तर खै त तिनिहरुले आँफैलेकबुलेको बाचा पुरा गरेको देश हाक्ने राजनैतीक नेत्रित्वले यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? अहिले दोस अरुलाई थुपारेर कहाँ सुख पाईन्छ । कोही जातका कुरागर्छन् कोही बर्गका कुरा गर्छन तर राष्ट्रको कुरा कसले गरेको छ ? नेपाली हामी रहौला कहाँ नेपालै नरहे यो पुरानो गीत अहिले पनि समय सान्दर्भिक नै छ आखिरनेपालै नरहे हामी कहाँ रहन्छौ । खास लडाईं नेपाली जनताको हक अधिकार स्थापित गर्नु भन्दा पनि टाउकेहरुको जुगाको लडाईं चलिरहेको छ शुशिल कोइराला,केपीओली प्रचन्ड हरुलाई देश र जनता भन्दा पनि आफ्नो पद र हैसियतको बारेमा चिन्ता छ संबिधान नबनेर उनिहरुलाई के भको छ र खाडी मुलुकको रेमिट्यान्सलेदेशको अर्थतन्त्र धानेकै छ उनिहरुको तलब भता  महिना पुगेपछी आकै छ निस्फिक्री उनिहरुलाई केको तनाब छ। खाली हलो अड्कयो गोरु चुट्यो जनतालाई भुलभुलैयामा राख्यो बास अरु के चाहियो सभा सम्मेलनमा गयो फलानो पार्टिले संबिधान बनाउन दिएन ढिस्कानो पार्टिले कुर्ची फुटायो भन्यो यसरी एकले अर्कोलाई औंलाठड्याएर कती दिन चल्छ ।   फेरी अहिले पहिचान पक्ष र पहिचन बिरोधी बिच लडाईं शुरु भएको छ रे हामीले बुझ्न नसकेको होकी बुझाउनेले बुझाउन नसकेको हो पहिचान बिरोधि कोही छजस्तो लाग्दैन यहाँ सबैको आ-आफ्नै पहिचान छन बिभिन्न जात जाती भाषा भाषी लैगिक छेत्रीय जनजती दलित मुश्लिम सबैको पहिचान छन यि सबैको साझाफुलबारी नै नेपालीको पहिचान हो । त्यसैले एक आपसमा लडाउन खोजिदैछ दशकौ पछी देशलाई फेरी टुक्रा टुक्रा पार्ने असफल प्रयास हुँदैछ त्यसैले राजनीतिकनेत्रित्वले जोक्कर हुनबाट बच्न जरुरी छ। संबिधान सभालाई रणभुमी होइन साधकको रुपमा प्रयोग गरी छिटो भन्दा छिटो संबिधान जारी गर्न आबश्यक छ ।