दुई बर्ष अघि भिषणको हत्या गरी फरार दुई जना पक्राउ

747 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

adite birधादिङ–दुई बर्ष अघि दार्खा गाविसको रातमाटेमा अपहरण गरेर भिषण सिंखडाको हत्या गरी फरार रहंदै आईरहेका दुई जना पक्राउ परेका छन । दार्खा गाविस वडा नम्बर ७ का २७ बर्षिय सिम्खडाको २०६९ मंसिर १८ गते दार्खा गाविस वडा नम्बर १ रातमाटेमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो ।
सिम्खडाको हत्यामा संलग्न भएको आरोपमा कर्तव्य ज्यान मुद्धालागे पछि फरार रहंदै आईरहेका बिर बहादुर भन्ने २८ बर्षिय कैलाश तामाङ्ग र राम बहादुर भन्ने १९ बर्षका अदित तामाङ्गलाई माघ १८ गते धादिङको रि गा.वि.स.वडा नं.१ तवलमा लुकी छिपी बसी रहेको अवस्थामा ईलाका प्रहरी कार्यालय दार्खा धादिङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । भिषणको हत्यामा संलग्न भएको आरोप लागेका दार्खाका श्याम तामाङ भने सोमवार तावल नजिकै भिरमा मृत अवस्थामा भेटिएका थिए । सोमवार रि गाविसमा पक्राउ गरी सदरमुकाम ल्याईएका २ जनालाई प्रहरीले मंगलवारनै अदालतमा पेश गरेको छ ।
इलाका प्रहरी कार्यालय दार्खाका प्रहरी सहायक निरीक्षक .रामसरोवर सिंहको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले दुई बर्ष देखि लुकीछिपी फरार रहंदै आएका दुई जनालाई पक्राउ गर्न सफल भएको हो ।