पुर्व शिकारीहरु रेडपाण्डा जोगाउने अभियानमा

794 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

red paandaaधादिङ– उत्तरी धादिंङका विकट गाउंघरमा वृद्धहरु भेट भए पछि वन्यजन्तुको शिकार रोक्ने र रेडपाण्डा संरक्षण गर्ने वारे चर्चा चल्ने गरेको छ । वर्षौ देखि वन्यजन्तुहरुको शिकार गर्दै आई रहेका धादिंङको उत्तरी भेकका पुर्वशिकारीहरु लाई रेडपाण्डा लगायत संरक्षण गर्ने चिन्ता वढेकोछ । केही वर्ष अघि सम्म स्थानीय जंगलमा अनियन्त्रित खेलिने चोरी शिकारले वन्यजन्तु त घटदै गएका छन नै विस्वमै लोपोन्मुख रेडपाण्डा पनि मासिने डरले स्थानीय शिकारी हरु चिन्तित छन् । रेडपाण्डा लगायतका वन्य जन्तु संरक्षणका लागी वृद्ध फै सिंह घलेको अध्यक्षतामा ३ गाविसका पुर्व शिकारीहरु एवं समाजसेवीहरु सहभागी रहेको २७ सदस्यीय स्थानीय संरक्षण समिती समेत गठन गरेका छन् ।
झार्लाङ , तिप्लिङ , सेर्तुङ लगायतका गाविसका जिम्मेवार व्यक्तिहरुको सक्रियतामा संरक्षणका लागी जिम्मेवारी वाँडफांड गरिएकोछ । वन्यजन्तुको अवैध शिकार र रेडपाण्डाको छाला तस्करी नियन्त्रण गर्न हामी चेतना फैलाउदैछौं –पुर्व शिकारी समेत रहेका संयोजक घले वताउंछन् ।
खेतीयोग्य जमिन नभएको र वालीनाली नलाग्ने उत्तरी धादिंङका हिमालकै काखमुनी रहेका आधा दर्जन वस्तीहरुमा हिमपात भएको वेला घर आंगनमै यदाकदा रेडपाण्डा आउन थालेका छन् । उत्तरी भेकमा रहेका पाविल हिमाल, गणेश हिमाल काखमुनी रहेका जंगलमा प्रशस्तै निगालो जंगल रहेकोछ ।
गत महिना मात्रै गाउंमा पसेको रेडपाण्डा लाई मारेर छाला वेच्न काठमाण्डौं पुगेका तिप्लिङकै्र एकजना युवा रेडपाण्डाको छाला सहित काठमाण्डौंमा पक्राउ परेका थिए ।
खेतीयोग्य जमिन नभएको र वालीनाली नलाग्ने उत्तरी धादिंङका छिमेकी देश चीन संगै रसुवा , गोर्खा र नुवाकोट संग जोडिएका उच्च पहाडी भेकका वासिन्दाहरुको जंगलमा पाईने निगालो र जडिवुटी संकलननै मुख्य आम्दानीको श्रोत हो । हिमाली र वुकीपाटन क्षेत्रमा जडिवुटी संकलन संगै वन्यजन्तुको शिकार, निगालो वाट धुन्से, डोको, डाला लगायत घरेलु प्रयोगका सामाग्री र पर्यटकिय क्षेत्र रहेका पोखरा, चितवन, काठमाण्डौं लगायतका स्थानका होटलहरुमा सजावटका सामाग्री वनाउन सिंगैं निगालो निर्यात हुने गरेकोछ ।
उत्तरी भेक रि, झार्लाङ, तिप्लिङ र सेर्तुङ नजिकैका वस्ती रहेका जंगलमा वन्यजन्तु संगै रेडपाण्डा पनि पासोमा पर्ने गरेको– तिप्लिंगका पुर्व शिकारी एवं स्थानीय संरक्षण समितीका सह संयोजक साधुमान तामाङ वताउंछन् । तामाङका अनुसार त्यतिवेला तिव्वतको सिमाना सम्म यो जन्तु लाई मारेर छाला लाई कोटको गलामा फेसनका रुपमा जडान गरिने गरिएको थियो ।
छिमेकी जिल्ला रसुवाको लामटाङ क्षेत्र लाई वन्यजन्तु संरक्षण क्षेत्र घोषणा गरि रेडपाण्डा देखाउन विदेशी पर्यटक भित्रयाएको पत्ता पाएका उत्तरी धादिंङवासीले यसपाला गाउं विकास समितीको परिषद मार्फत रेडपाण्डा संरक्षण गर्न विज्ञहरु द्धारा अनुसन्धान र अध्ययनको माग गरेका छन् ।
स्थानीयवासीहरुको माग लाई संम्वोधन गर्र्न जिल्ला विकास समितीले रेडपाण्डा अध्ययन र अनुसन्धानका लागी सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । आगामी फागुन चैतमै विज्ञहरु मार्फत जिल्लाका ३ गाविसमा पहिलो चरणमा अध्ययन अनुसन्धानका लागि पहल गरिने –धादिङका स्थानीय विकास अधिकारी रुद्रसिंह तामाङले वताउनु भयो ।