लाप्राकीले गराए धुमधाम संग मकैको विवाह

702 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

makai bibahaगोरखा – अघि अघि झ्याई झ्याई बाजागाजा । डोली सहित जन्तीका लस्कर अनि भोजभतेर । यो वातावरण जुन कुनै विवाहका लागि नौलो भने होइन । तर गोरखाको लाप्राकमा यसरी नै बुधवार बाली मध्ये एक मकैको विवाह सम्पन्न भएको छ । गोरखाको दुर्गम गाविस लाप्राकका स्थानीय वासिन्दाले धुमधाम संग मकैको विवाह गरिदिएका छन । स्थानीय ठूलोआँगन बाट एकजना मानिसलाई बेहुला बनाएर डोलीमा लिएर बाजागाजा सहित गएका जन्तीले मकै ल्याएर विवाह विधि पूरा गरे संगै गाउँलेहरु भेला भएर भोज खाए पछि विवाह समारोह सकिएको थियो गोरखाखबर डट कमले समाचार छापेको छ ।
मकैको विवाह पछि मात्र उत्तरी गोरखाका विभिन्न गाविसमा मकै रोप्ने चलन छ । मकैका विवाह गर्दा मकै लगायतका अन्य बालीको उब्जनी राम्रो हुने जनविश्वास रहेको छ । अघिल्लो दिनमा केही मकैको घोगालाई जमिन मुनी गाडेर राख्ने र भोली पल्ट गएका जन्तीले उक्त मकैको घोगालाई निकालेर ल्याई विवाह गराई दिने चलन रहेको भबिराज गुरुङ्गले जानकारी दिनुभयो । मकैको विवाहका दिन त्यहाँ विद्यालय ,स्वास्थ्य संस्था लगायतका सबै सरकारी कार्यालयहरुमा समेत स्थानीय विदा हुने गरेको छ ।