धादिङमा मुसुरो खेतिको प्रचुर सम्भावना

667 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

musuraधादिङ– धादिङ जिल्लाका होचा भागहरुमा मुसुरोखेतीको राम्रो सम्भावना रहेको छ । नेपालको तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा उत्पादकत्व बढि भएकाले धादिङमा मुसुरोखेतीको प्रचुर सम्भावना रहेको हो । दक्षिणी धादिङको राजमार्ग आसपासका क्षेत्र, सदरमुकाम धादिङबेसी आसपास र सल्यानटार तथा आँखु नदी आसपासका क्षेत्रमा मुसुरोखेतीको राम्रो सम्भावना रहेको कृषि विज्ञहरुको भनाई छ । जिल्लाको सल्यानटार, नीलकण्ठ, सुनौलाबजार, नौविसे, गजुरी र बेनिघाट गाविसका किसानले मुसुरो खेति गर्ने गरेका छन् । धादिङको १ सय ९० हेक्टर जमिनमा मुसुरोखेती हुँदै आएको छ । तर मुसुरो खेतीलाई अझै व्यावसायीकरण गर्ने हो भने उत्पादन धेरै बढ्ने जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा पनि नेपालको मुसुरोको माग र मूल्य पनि बढि भएकाले मुसुरोखेती गरेर आम्दानी लिन किसानहरुलाई सुझाव दिनुभयो । त्यसैगरी तालिममा वरिष्ठ बाली विज्ञ एवं वैज्ञानिक डाक्टर रेनुका श्रेष्ठले नेपालको तराई क्षेत्रमा भन्दा पहाडी क्षेत्रमा उत्पादकत्व बढि भएकाले यस क्षेत्रमा मुसुरोखेतीको प्रचुर सम्भावना रहेको धारणा व्यक्त गर्नुभयो । विश्व बजारमा नियातयोग्य ७ किसिमका वस्तुमध्ये मुसुरोको माग बढि भएकोले पनि किसानहरुले मुसुरोखेती गर्दा लाभ हुने विज्ञहरुले सुझाव दिएका छन् ।