वार्षिक उत्‍सवसमा नेपाल टेलिकमको यस्तो छुट

631 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

NTC_11anniversary_168980842

काठमाडौ: नेपाल टेलिकमले ११ औ वार्षिक उत्सवको अवसरमा आफ्ना सेवामा शुल्क तथा अन्य विभिन्‍न छुट योजना ल्याएको छ। टेलिकमद्वारा केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित समारोहमा टेलिकमले माघ २२ गतेदेखि २९ गतेसम्‍म जिएसएम/स्काइ पोस्टपेड र जिएसएम/स्काइ प्रिपेड ११ प्रतिशत छुट योजजना घोषणा गरेको हो।
अब जिएसएम/स्काइ पोस्टपेडका सेवाग्राहीले प्रतिमिनेट ०.८९ रुपैँयामै कुरा गर्न सक्‍नेछन् भने जिएसएम/स्काइ प्रिपेडका सेवाग्राहीले प्रतिमिनेट १.३३ रुपैयामै कुरा गर्न सक्‍नेछन्। यसअघि जिएसएम/स्काइ पोस्टपेडका सेवाग्राहीले प्रतिमिनेट १ रुपैया र जिएसएम/स्काइ प्रिपेड सेवाग्राहीले प्रतिमिनेट १.५० रुपैँया तिर्दै आएका थिए।
यस्तै  पिएसटिएन सेवाका ग्राहकहरुलाई फागुन महिनाको बिलमा ११ प्रतिशत छुट दिइएको छ। यसैगरी टेलेकमले स्काइ फोन पोस्टपेड बोक्‍ने ग्राहकलाई अहिलेको मासिक शुल्‍कमा थप ३ सय एमबी डाटा माघ २२ गतेदेखि फागुन ३० गतेसम्‍मको अवधिमा निशुल्‍क उपलब्‍ध गराउने भएको छ।
त्यस्तै जिएसएम/स्काइ प्रिपेड मोबाइलका नयाँ ग्राहकलाई समेत विभिन्‍न अफरहरु ल्‍याएको छ। उसले जिएसएम/ स्काइ पोस्टपेडको सिम र रिकमकार्ड १ हजार पाँच सय दश रुपैंयामै उपलब्‍ध गराउने भएको छ। सोही रुपैँयामा तीन महिनासम्‍म चल्‍ने एक जीबीको डाटा टेलिकमले नि:शुल्‍क रुपमा प्रदान गर्नेछ।
यस्तै एसएम/स्काइ प्रिपेड फोनको रिम र सिमकार्डमा २ सय रुपैँयामा दुई सय एमबी बराबरकै  फ्री डाटा उपलब्‍ध गराउने छ। यी दुवै सुविधाहरु माघ २२ गतेदेखि माघ २९ गतेसम्‍म लागु हुने टेलेकमले जनाएको छ।
टेलिकमले वाइम्‍याक्सको सेवा लिने ग्राहकहरुलाई वार्षिक रुपमा ४० प्रतिशत छुट दिइने भएको छ।
टेलिकमको ११औं वर्षको अवसरमा सेवालाई थप विश्वसनीय र सहज बनाउन प्रतिबद्धता पनि टेलिकमले गरेको छ। समारोहमा टेलिकमकी सह-प्रवक्ता प्रतिभा बैद्यले वार्षिकोत्सवको अवसरमा यी योजना तथा अफर ल्‍याइको बताइन्।
यस्तै टेलिकम अधिकारीहरूले ग्राहकको सेवामा कर्मचारी थप जिम्मेवार हुदै सेवा सञ्चालन गर्नुपर्ने बताए छन्। टेलिकमले हरेक वर्ष माघ २२ गते वार्षिकोत्सव मनाउदै आएको छ।

नेपाली क्रिकेट टोलीलाई नेपाल टेलिकमको प्रायोजन

नेपाल टेलिकमले आफ्‍नो ११ औ वर्षको उपलक्ष्‍यमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई प्रायोजन गर्ने भएको छ। उसले नेपाली क्रिकेटलाई तीन वर्षको प्रायोजन गर्ने आयोजित समारोहमा जानकारी दिइएको छ।
वार्षिकोत्सव कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक बुद्धि आचार्यलले नेपाली क्रिकेट टोलीलाई प्रायोजन गर्ने घोषणा गरेका छन्।
क्यानका प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेले नेपाल टेलिकमले नेपाली क्रिकेटका लागि प्रायोजन गरेकोमा खुसी व्‍यक्त गरेकी छिन।

-अन्नपूर्ण पोष्टबाट