आतंकबादको अभियोगमा कम्बोडियामा नेपालीलाई ८ बर्ष जेल

878 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ २२ माघ – आतंकबादी गतिबिधिमा संलग्न भएको अभियोगमा कम्बोडियामा एक नेपालीलाई ८ बर्षको जेल सजाए सुनाइएकोछ ।

terrorist_court_sreng-meng-srun
८ बर्ष जेल सजाएँ सुनाइएका नेपाली धनपति पौडेल(दायाँ) र बंगलादेशी नागरिक

कम्बोडियामा ब्यबसाय गर्दै आएका पर्वत कार्कीनेटाका धनपति पौडेल र अन्य दुई बंगलादेशीसहित तीन जनालाई त्यहाँको सर्वोच्च अदालतले बुधबार कैद सजायँ सुनाएको हो ।

‘सर्वोच्च अदालतले नोमपेनस्थित तीनवटा बिदेशी दूतावासमा सन् २०१० को अपि्रल महिनामा आतंकबादी आक्रमण गर्ने तीन जनाविरुद्ध तल्लो अदालतले गरेको फैसलालाई सदर गर्ने निर्णय गरेको छ’ अदालतको फैसला उदृत गर्दै कम्बोडियाको द नोमपेन पोष्टले जनाएको छ ।

सन् २०११ मा तल्लो अदलातले पौडेलसहित तीन जनालाई ८ बर्षको जेल सजाएँ सुनाएको थियो ।

तर, तीनै जना अभियुक्तले प्रहरीको अभियोग अस्वीकार गर्दै आएका छन् । सजाएँ पाएकामध्ये एक बंगलादेशी नागरिकले सर्वोच्च अदालत बाहिर भने- यदि म दोषी हुन्थेँ भने प्रहरीले अनुसन्धानका लागि बोलाउँदा खुरुखुरु आउने थिइन, पक्कै भाग्ने थिएँ, तर कम्बोडियामा कानुन छैन, न्याय दिने मान्छे अन्धा छन् ।’ उनले भने ।

सन् २०१० मा अमेरिकी, बेलायति र अष्ट्रेलियाली दूतावासमा अलकायदाले बम बिष्फोट गराउन लागेको भन्ने दावीसहित त्यहाँको गृहमन्त्रालयमा एक चिठी पुगेको थियो । जसमा आक्रमण गर्ने तयारीमा रहेका भन्दै ६ जनाको नाम उल्लेख गरिएको थियो । जसमध्ये डीआईपी भन्ने ब्यक्तिको नाम पनि उल्लेख थियो । सो नामसँग धनपतिको छोटकरी नाम ‘डीपी’ मिलेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको थियो ।

धनपतिले आफु निर्दोष रहेको बताए पनि कम्बोडियाको न्याय संरचनाले उनलाई दोषी ठहर गरेको छ ।
यसअघि जापानमा पनि बलात्कारपछि युवती हत्याको अभियोगमा एक नेपालीले १५ बर्ष जेल जीवन बिताएका थिए । उनलाई १५ बर्षपछि निर्दोष भन्दै रिहा गरिएको थियो ।