औषधीको कमिशनका लागि डाक्टर र एमआरबीच कुटाकुट

629 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Kutpit_463714737
फोटो :प्रतिनिधी स्केच
वीरगन्ज: कमीशनको लोभमा डाक्टरहरुले बिरामीहरूलाई आवश्यकता भन्दा बढि औषधी सिफारिस गर्ने गरेको रहस्य खुलाशा भएको छ।
कमशीनकै विषयमा विवाद भइ वीरगन्जमा बिहिबार औषधी उत्पादक कम्पनीका बजार प्रतिनिधी ‘एमआर’ र डाक्टरका आफन्त बिच कुटाकुट भएपछि यो तथ्यको खुलाशा भएको हो अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।
औषधी उत्पदाक कम्पनी सनराइज लेब्रोट्रीका एमआर दीपेन्द्र शर्मा र डाक्टर सञ्जीव यादवका भाइ सन्तोष यादव बिच बिहिबार वीरगन्जको वीर्तामा कुटाकुट भएको हो।
डाक्टर सञ्जीव बाराको निजगढमा रहेको सामुदायिक प्रसूति सेवा केन्द्रमा कार्यरत रहेका छन्।  औषधीको कमशिन बापतको रकमका विषयमा विवाद भइ दुवै जना बिच कुटाकबुट भएको हो ।कमिशन बढि पाउने प्रलोभनमा डाक्टरहरुले बिरामीलाई आवश्यकताभन्दा बढी र गुणस्तरहीन औषधि समेत सिफारिस गर्ने गरेका छन्।
कुटपिटमा संलग्न एमआर शर्मा र डाक्टर सञ्जीवका भाइ दुवैलाइ वडा प्रहरी कार्यालय वीर्ताकाले नियन्त्रणमा समेत लिएको थियो । दुवै जनालाइ दिनभर प्रहरी हिरासतमा राखेर आइन्दा यस्तो गल्ती नगर्ने समझदारीमा बिहिबार राति छाडिएको प्रहरी निरिक्षक राजन प्रसाद मैनालीले जानकारी दिए।
सामुदायिक प्रसूति सेवा केन्द्र निजगढमा कार्यरत डाक्टर सञ्जीव यादव र औषधि उत्पादक कम्पनीका एमआर दीपेन्द्र शर्मा बीच औषधी सिफारिस गरिदिए डाक्टरलाइ १० प्रतिशत कमिशन दिने सहमति भएको थियो ।
सहमति अनुसारको कमीशन नपाएको डाक्टर सन्जीवको भनाइ छ। तर एमआर शर्माले भने कमीशन बापतको रकम डाक्टर सञ्जीवले लिइसकेको भएपनि थप रकम मागेकाले विवाद भएको बताए।
एमआर शर्माका अनुसार डाक्टर सञ्जीवले गत वर्षको लक्ष्य अनुसार कमीशन रकम बापत एलसिडी टिभी लिइसकेका छन् ।डाक्टर सञ्जीवले चालु आर्थिक वर्षकै लागि भनेर ५० हजार रुपैया थप कमीशन मागे पछि आफुले पाँच लाख मुल्यको औषधी बिक्री गर्नु पर्ने अडान राख्दा विवाद भएको एमआर शर्माको भनाइ छ।
कमशिनकै विषयलाई लिएर डाक्टर सञ्जीवले वीरगन्जमा आफ्ना भाइ सन्तोष यादव मार्फत एमआर शर्मालाई कुट्न लगाएको एमआर एसोसिएसनका अध्यक्ष गणेश कुमारले बताए ।
कुटपिटमा संलग्न डाक्टर सञ्जीवका भाइ सन्तोषले भने आफना दाजुले एमआरले दिएको लक्ष्य पूरा गरे पनि कमीशन बापतको रकम नदिएको र यही विषयमा एमआर शर्मासंग सोधपुछ गर्दा विवाद भएको बताए।