मिस तामाङको उपाधि लक्ष्मीले जितिन्

761 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

miss-tamangकाठमाडौं – एभरेस्ट फेसन होमको आयोजनामा शनिबार राजधानीमा सम्पन्न मिस तामाङ २०१५ को उपाधि लक्ष्मी मोक्तानले जितेकी छन् ।
कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा भएको प्रतियोगितामा ३२ जना प्रतिस्पर्धीलाई उछिन्दै दोलखाकी लक्ष्मीले आठौं मिस तामाङको उपाधि हात पारेकी हुन् ।
त्यसैगरी सिन्धुपाल्चोककी मनीषा योञ्जन र काभ्रेकी सुजाता लामा क्रमशः फस्ट र सेकेन्ड रनरअप भए । प्रतियोगितामा मनीषा योञ्जन मिस ट्यालेन्ट, पारु गोले मिस पर्सनालिटी, सजनी ता माङ मिस बेस्ट ड्रेस, सरस्वती तामाङ मिस फोटोजेनिक, नावाङ मोक्तान मिस बेस्ट वाक, पेमा घिसिङ मिस डिसिप्लिन, निशा लामा मिस ब्युटिफुल हेयर, छिरिङ भजू मिस एसएमएस भोटिङ घोषित भएका छन् ।
grup-mis-tamang
त्यसैगरी सोनामा लामा मिस भ्युवर च्वाइस, जुना लामा मिस ब्युटिफुल स्माइल, सुष्मा तामाङ मिस फ्रेन्डसिप, सन्तोषी लोप्चन मिस अर्गनाइजर च्वाइस, बबिता तामाङ मिस बेस्ट फिगर र संगीता पाख्रिन मिस ब्युटी विथ पर्पज उपाधि पाउन सफल भए ।
दानबहादुर लामा, इच्छाराज तामाङ, फूलमान बल, रोजी लोप्चन र नवीना लामा निर्णायक रहेको प्रतियोगितामा विजय लामा, नीलम लामा, आसुसेन लामा लगायतका कलाकारले आआफ्ना सांगीतिक प्रस्तुति पस्किएका थिए ।
तामाङ भाषा, संस्कृति र मौलिकताका बारेमा नयाँ पुस्तालाई जानकारी दिन प्रतियोगिता आयोजना गरिएको हो आयोजक संस्थाकी अध्यक्ष रञ्जिता लामाले भनिन् ।