एउटा गाईले चारवटा बाछा जन्मायो

615 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

gaiमोरङ – २५ माघ । एउटा गाईले चारवटा बाछा जन्मायो भन्दा पत्यार नलाग्न सक्छ ।

तर मोरङको विराटनगर १८ स्थित जतुवाका गुनाई यादवले पालेको एउटा गाईले चारवटा बाछा जन्माएको छ । गाईले चारवटा बाछा जन्माएपछि जतुवाका सर्वसाधारण आश्चर्यमा परेका छन् ।

अहिलेसम्म एउटा गाईले चारवटा बाछा जन्माएको नसुनेका गाउँलेले आफ्नो आँखा अगाडि सो गाईले चारवटा बाछा जन्माएको देख्दा आश्चर्यचकित भएको स्थानीय विष्णुदेव साह बताउनुहुन्छ ।

जिल्ला पशु सेवा कार्यालयमा यस्ता घटना नआएको कार्यालयका पशु चिकित्सक रामनारायण साहले बताउनुभयो ।

गाईपालक यादवलाई गाईले चारवटा बाछा जन्माएपछि कसरी हुर्काउने भन्ने चिन्ता परेको छ ।