फोटो खिच्दा रगत कम हुन्छ….केश मुण्डन गरे राम्रो केटा पाइन्छ …!

556 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

अफ्रिका विश्वको एउटा यस्तो नमुना हो यहाको बिबिधताले सबैलाई अचम्ममा पर्ने गर्दछ |यहाँ मानिस देखि जनावर सम्म सबैमा बिबिधता पाइन्छ |बिशेषगरि यहाका आदिबासी जनजाती समुदायको परम्पराले विश्वको नै ध्यान  केन्द्रित गर्दछ खैलाबैला डट कमले लेखेको छ ।

africa-1धरै कुराको बिबिधता भएको अफ्रिकामा कन्याहरुका लागि अनौठो खालको नियम छ |राम्रो घर र श्रीमान पाउनका लागि उनीहरुले  आफ्नो शिरको बीच भाग मुण्डन गर्नुपर्ने हुन्छ |अफ्रिकाको केन्या, इथिओपिया तथा सोमालिया लगायतका देशमा झण्डै ५ लाखको संख्यामा बसोबास गर्ने बोराना आदिवासीले यस्तो नियम आफ्ना छोरीहरुको भविष्यको लागि बनाएको र यसको पालना गरे भबिष्य राम्रो हुने बिश्वाश गर्दछन |

बिवाह अघि सम्म यी जनजातिका महिलाहरुले आफ्नो कपालको स्याहार गर्न समेत पाउदैनन |आफ्नो कपाल प्रति उनीहरुको बिवाह अघि कुनै अधिकार हुदैन |बिहे पछि मात्र उनीहरुले कपालको स्याहार गर्न पाउदछन |अभिभावकहरुले छोरीको सफल दाम्पत्य जिवनको लागि भन्दै छोरीको कपाल बीच भागमा खौरिदिने तथा अन्य भागको कपाल पनि खासै लामो बढ्न दिँदैनन् ।

यी जनजातिहरुको अर्को रोचक कुरा के छ भने यो समुदायमा फोटो खिच्नका लागि मानिसहरु आनाकानी गर्दछन |फोटो खिच्यो भने शरीरको रगत कम हुन्छ र शरीर कमजोर हुन्छ भन्ने बिश्वाश गरिन्छ |