नेपालमै पहिलो पटक १०२ जोडीको सामूहिक विवाह

615 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

श्री शिवशक्ती राहुलेश्वरानन्द फाउण्डेसन नामक संस्थाको आयोजनामा पशुपति बनकालीमा १०२ जोडीको निशुल्क सामूहिक विवाह सम्पन्न भएको छ ।

६५ जिल्लाका गरिब घरपरिवारका बरवधुलाई सहभागी गराइ निशुल्क विवाह गराइदिएको आयोजक संस्थाले जनाएको छ ।

bibhaaदुलाह र दुलही पक्षका गरी ५ जना आफन्त मात्र सहभागी हुने नियम बनाइएको विवाहमा बेहुला बेहुलीले लगाउने लुगादेखि पूजा सामग्रीसम्मको व्यवस्था आयोजक संस्थाले नै गरिदिएको थियो  भने घर व्यवहार चलाउन आवश्यक सामाग्री पनि उपहारका रुपमा उपलब्ध गराएको छ ।

संस्थाका अनुसार प्रत्येक बेहुलीलाई ६ सेट सारी, शृगार सामाग्री, जुता, सुनको तिलहरी र बेहुलाका लागि दौरा सुरुवाल, ६ जोडी पाइन्ट शर्ट साथै आवश्यक भाँडाकुडा र खाद्यान्न उपहार उपलब्ध गराइएको छ ।

त्यसैगरी एक महिनालाई पुग्ने चामल, दाल, मरमसला, ओढ्ने ओछ्याउने लुगा, भाँडाकुडा पनि दाइजो उपहार दिएको छ ।

भारतमा पनि सामूहिक विवाहको आयोजना गर्ने राहुलेश्वरानन्द फाउण्डेसनले नेपालमा पहिलोपटक सामूहिक विवाहको आयोजना गरेको हो ।