सत्य निरुपण आयोगको अध्यक्षमा पुर्वराजदूत गुरुङ सिफारिस

777 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Suryakiran_gurun_58788
काठमाडौं : सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा पूर्वराजदूत सुर्यकिरण गुरुङको नाम सिफारिस भएको छ । सत्य निरुपण मेलमिलाप तथा बेपत्ता आयोगका पदाधिकारी सिफारिस सिमितले गुरुङको नाम आयोगको अध्यक्षमा सिफारिस गरेको हो अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।
सिफारिस समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगका पदाधिकारीको नाम सोमबार अपरान्ह बालुवाटार पुगेर प्रधानमन्त्रीलाई बुझाएको हो ।
समितिले आयोगका सदस्यहरुमा झापाका लीला उदासी, प्युठानका श्री कृष्ण सुवेदी, काठमाडौंकी माधवी भट्ट र महोत्तरीकी मञ्चला झाको नाम सिफारिस गरेको हो ।
बेपत्ता आयोगमा लोकेन्द्र मल्लिक
सिफारिस समितिले बेपत्ता नागरिक खोजविनका लागि बनाइने आयोगको अध्यक्षमा लोकेन्द्र मल्लिकको नाम सिफारिस गरेको छ ।
समितिले बेपत्ता आयोगका सदस्यहरुमा विजुल विश्वकर्मा, प्रा डा. विष्णु पाठक, नरकुमारी गुरुङ र आईबहादुर गुरुङको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको हो ।
पदाधिकारीहरुको नाम सिफारिस गरिएपछि अब दुबै आयोग गठनको बाटो खुलेको छ । विस्तृत शान्ति सम्झौता भएको १० वर्ष वित्न लाग्दा दुबै आयोग गठन गर्ने सरकारी प्रक्रियाले बल्ल मुर्तरुपमा पाउने भएको हो ।