हर्कपुरमा प्रधानाध्यापक पिट्नेहरु साधारण तारेखमा रिहा-विवाद शैक्षिक नभई राजनैतिक स्वार्थमा केन्द्रित

761 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

-व्यवस्थापन समितिबाट आंफुहरु हट्नु परेपछि प्रतिशोध साँध्न प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष बिरुद्ध पुरानो समिति राजनैतिक निर्देशनमा सक्रिय 

———————————————————————————————————————————

-पुरानो समितिले मापदण्डनै पुरा नगरी राजनैतिक आडमा बिद्यालयको कक्षा थप अनुमति लिन दौडधुप गर्दा अहिलेको समस्या उत्पन्न

————————————————————————————————————————————–

-व्यवस्थापन समितिका पुर्व अध्यक्ष छविलाल श्रेष्ठका भाईलाई जवरजस्ति राहत कोटामा बिद्यालयले शिक्षक नियुक्ति गर्न नसक्दा प्रधानाध्यापक बिरुद्ध पुरानो समितिको प्रतिशोध

DSC_4443धादिङ, २८ माघ – मदिरा सेवन गरी बिद्यालयको प्रशासन कक्षमा प्रवेश गरी प्रधानाध्यापक र शिक्षकलाई कुटपिट गरी बिद्यालयमा ताला लगाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका धादिङ वेनिघाट हर्कपुरका २ जनालाई वोलाएको बेला हाजिर हुने शर्तमा प्रहरीले साधारण तारेखमा छाडिदिएको छ ।
आईतबार दिउंसो मदिरा सेवन गरी बिद्यालय प्रवेश गरेको समुहले कार्यालय भित्र जवरजस्ती प्रवेश गरी हर्कपुर माविका प्रधानाध्यापक पहलमान श्रेष्ठ, महिला शिक्षक शर्मिला त्रिपाठी र अभिभावक कृष्णकुमार श्रेष्ठलाई कुटपिट गरेको थियो । बिद्यालयमा हुलहुज्जत गरी तोडफोड र शिक्षक तथा अभिभावकलाई कुटपिट गरेको आरोपमा स्थानीय नवराज पाण्डे र डम्बर मगरलाई मंगलवार प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकाहरुलाई वोलाएको बेला हाजिर हुने शर्तमा स्थानीयवासीको जिम्मामा छाडिएको धादिङका प्रहरी नायव उपरिक्षक प्रकाश मल्लले वताउनु भयो ।
राजनैतिक स्वार्थका आधारमा प्रधानाध्यापक बिरुद्ध झुठो प्रचार गरी बिद्यालयमा आफ्नो नियन्त्रण कायम गर्न चाहने समुहले प्रधानाध्यापक,शिक्षक र अभिभावकलाई कुटपिट गरी कार्यालयमा तोडफोड गरेपछि बिद्यालय प्रशासनले दोषि माथि कारवाहीको माग राखी सोमवार प्रहरीमा जाहेरी दर्ता गराएको थियो । कुटपिट र तोडफोडमा संलग्न रहेका सबैले सामुहिक रुपमा माफी मागेपछि मात्रै सहमतीमा जान सकिने प्रधानाध्यापक श्रेष्ठ र अन्य पिडित पक्षको माग रहेको छ । शिक्षकहरु माथी कुटपिट र कार्यालय तोडफोडमा संलग्न रहेका सबैले प्रहरी कार्यालयमा आएर माफी माग्ने सहमती पछि पक्राउ परेकाहरु प्रहरी हिरासतबाट छुटेका हुन ।
माघ २५ गते आईतबार बिद्यालयमा हुलहुज्जत गरी तोडफोडमा संलग्न रहेकाहरुले बिद्यालय प्रशासन कक्षको ताला नियन्त्रणमा लिई कार्यालयमा तालावन्दी गरेकोमा मंगलबार प्रहरीले उक्त ताला खोलिदिएको थियो । बिद्यालयका प्रधानाध्यापक र शिक्षक माथि हात गर्ने कार्यमा समेत संलग्न रहेकाहरुले प्रहरीको कार्यमा अवरोध गरेपछि नवराज पाण्डे र डम्बर मगरलाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखेको थियो ।
बिद्यालयले कक्षा ९ को अनुमति नपाउंदा यस बर्ष १६ जना बिद्यार्थीले कक्षा ९ को पढाई दोहो¥याउनु परेको बिषयमा तत्कालिन बिद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र बिद्यार्थी तथा तिनका अभिभावक बिच २०७१ जेठ २९ गते संयुक्त बैठक बसी सबैबाट गल्ति भएको स्विकार गर्दै लिखित सहमती भएको थियो । समयमै बिद्यालयको अनुमति नआउंदा बिद्यार्थीले ९ कक्षाको पढाई दोहो¥याएर पढी रजिष्ट्रेशन फाराम भर्ने बिषयमा भएको छलफलमा ७३ जना अभिभावकले सहमती जनाउंदै हस्ताक्षर गरेको बिद्यालय व्यवस्थापन समितिका सदस्य कृष्णकुमार श्रेष्ठले जानकारी दिनु भयो ।
धादिङ क्षेत्र नम्बर ३ का तत्कालिन सभासद शालिकराम जमकट्टेलको आडमा बिद्यालयमा कक्षा ९ को अनुमति लिनका लागि सो समयमा कार्यरत बिद्यालय व्यवस्थापन समितिले प्रकृया अघि बढाएपनि माध्यमिक तहको पढाई संचालनको लागि चाहिने आवश्यक मापदण्ड पुरा नभएको कारण शिक्षा विभागले लामो समय सम्म कक्षा थप गर्ने अनुमति नदिएपछि बिद्यार्थीलाई बिद्यालय व्यवस्थापन समितिलेनै अन्य बिद्यालयमा पढ्न रोक्दा १६ जना बिद्यार्थी यो बर्ष दिनुपर्ने एसएलसी परीक्षा दिनबाट बञ्चित हुन पुगेको रहस्य वाहिर आएपछि पुरानो व्यवस्थापन समिति आफ्नो गल्ति लुकाउन राजनैतिक आडमा झुठो प्रचारमा उत्रिएको पनि श्रेष्ठले वताउनु भयो । तत्कालिन व्यवस्थापपन समितिले आंफुले गरेको गल्ती लुकाउन सबै दोष प्रधानाध्यापकमाथी थोपर्दै आईरहेको श्रेष्ठको भनाई छ ।
बिद्यार्थीले एसएलसी परीक्षा दिन नपाएको मुद्धा उचालेर बिद्यालयका प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समिति बिरुद्ध लागिपरेका समुहले शैक्षिक बिषयलाई नभई समितिबाट आंफुहरु हट्नु परेको कुरा सहन नसकि आक्रोश पोख्न मिडिया र राजनैतिक शक्तीको प्रयोग गरेको बिद्यालय व्यवस्थापन समितिका एक सदस्यले वताएका छन । तत्कालिन व्यवस्थापन समितिका अध्यक्ष छविलाल श्रेष्ठको म्याद सकिएपछि गत बर्ष बिद्यालयमा सहमतीबाट राजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन भएको थियो । नयाँ व्यवस्थापन समिति गठन भएपछि विभिन्न अवरोध सिर्जना गरी बिद्यालयमा असहयोग गर्दै आईरहेको समुहले यस बर्ष १६ जना बिद्यार्थीले परीक्षा दिन नपाएको बिषयलाई उचालेर बिद्यालयमा तनाव बढाउने कार्यभईरहेको गाउंलेहरुले वताए ।

(बिद्यालयमा अहिले विवादका रुपमा देखिएको समस्या समाधानका लागि बिद्यालय व्यवस्थापन समिति र अभिभावकहरुबा बिच संयुक्त बैठक वसी भएका लिखित सहमतीको निर्णय प्रतिलिपिहरु)

२०७१ जेठ २९ गते बिद्यालयमा बसेको बिद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, कक्षा १० मा अध्ययनरत बिद्यार्थीका अभिभावकसमेत संयुक्त बैठकको निर्णय पुस्तिकामा लेखिएको छ । शैक्षिक सत्र २०७१ मा कक्षा १० मा पढ्ने बिद्यार्थीको रजिष्ट्रेशन फाराम छुट हुन गएकोमा संयुक्त बैठकले गल्ति सबैवाट भएको ठहर गर्दे १ बर्ष पर्खनुको बिकल्प नभएको ठहर गरेको छ । सो बैठकमा ७३ जनाले हस्ताक्षर गरेका छन । DSC05361

DSC05362

DSC05363

DSC05364

२०७१ जेठ २९ गते को संयुक्त बैठक पछि सोही बिषयमा थप छलफल गर्न २०७१ असार ८ गते बिद्यालय व्यवस्थापन समिति,शिक्षक अभभावक संघ,कक्षा १० मा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुको संयुक्त बैठक बसेको थियो । असार ८ को बैठकले बिद्यालयमा मावि तह अनुमतिका लागि समयमै स्विकृत नपाउंदा बिद्यार्थीले कक्षा ९ मा भर्नुपर्ने रजिष्ट्रेशन फाराम भर्न नपाएको बिषयमा कमजोरी भएको व्यवस्थापन समितिले स्विकार गरेको छ । सोही बैठकले आगामी दिनमा यस्ता कमजोरी नदोहो¥याउने र अहिले कक्षा १० मा पढ्दै गरेका बिद्यार्थीको एक बर्षको पढाई खर्च बिद्यालयले व्यहोर्दै रजिष्ट्रेशन फाराम समेत बिद्यालयलेनै शुल्क तिरेर भरिदिने सहमती समेत भएको छ । उक्त  बैठकमा ३२ जनाको हस्ताक्षर रहेको छ ।

DSC05365

DSC05366