अगुवा कृषक तालिम सम्पन्न

614 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–अगुवा कृषकहरुको लागि आयोजना गरिएको ३ दिन तालिम बिहिबार सम्पन्न भएको छ । प्रयास नेपाल धादिङको आयोजनामा मंगलबारदेखी सुरु भएको तालिम बिहीबार सम्पन्न भएको हो । प्रयास नेपाल धादिङद्वारा पिडा र महादेवस्थानमा संञ्चालित वालकेन्द्रीत सामुदायिक विकास कार्यक्रम अन्र्तर कृषकहरुलाई अर्गानिक खेतीमा सहयोग पु¥याउने उदेश्यले तालिम संञ्चालन गरिएको हो । तीन दिन सम्म सन्चालन भएको तालिममा गोठे मल, कम्पोष्ट मल व्यवस्थापन, मुत्र संङ्कलन र यसको प्रयोग, प्लाष्टीक टनेलमा गोलभेडा खेती, प्राङगरिक खेती, बेमौसमी तरकारी खेती लगायतका विषयमा जानकारी गराईएको प्रयास नेपाल धादिङले जनाएको छ । सहभागिहरुलाई जिल्ला कृषि विकास कार्यलय धादिङका वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडाल, अधिकृत केशव घिमिरे, दुर्गादत्त पन्थी र प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजीकरण गर्नुभएको थियो । तामिल पश्चात सहभागिहरुले आफुले तालिममा सिकेको कुरा व्यावहारमा लागु गर्ने बताएका छन् ।