मलेसियामा प्रभु मनीबाट नेपाल पठाउन लागिएको ९० लाख लुटियो

664 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

nepali_money_577557206मलेसिया : मलेसियाको क्वालालाम्पुर सहरमा प्रभु मनी ट्रान्सफरका एक कर्मचारीबाट ३ लाख ३० हजार रिंगिट (९० लाख रुपैयाँ) लुटिएको छ ।
बिहीबार दिउँसो नेपाल पठाउनका लागि बैंकमा जम्मा गर्न जाने क्रममा प्रभु मनी ट्रान्सफरका कर्मचारी प्रमोद न्यौपानेलाई छुरी हानेर सो रकम लुटिएको हो ।
क्वालालाम्पुरको कोतारायामा भएको सो घटनामा रकम लुट्ने क्रममा लुटेराको छुरी प्रहारबाट घाइते न्यौपानेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बैंकका सुरक्षागार्डकै अगाडि रकम बोकेको हातमा छुरी हानेर लुटेराले सो रकम लुटेका हुन् ।