सिलाई तथा सीप विकास तालीम सुरु

680 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा,१ फागुन । पोखरा उद्योग वाणिज्य संघ तथा घरेलु तथा साना उद्योग कार्यालय कास्कीको आयोजना तथा सिद्धेश्वर महिला समूहको सह आयोजनामा फूलबारीमा ३ महिने सिलाई तथा सीप विकास तालीम सुरु भएको छ ।
तालीममा ३० जना महिलाको सहभागिता रहेको छ । तालीमको शुक्रबार पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले उद्घाटन गरे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका थापाले खेर गएको समयको सदुपयोग गर्दै आत्मनिर्भरतातर्फ उन्मुख हुन महिलाहरुलाई आग्रह गरे । उनले महिलालाई आत्मनिर्भर बनाउन आवश्यक पर्ने थप तालीमको लागि सघाउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका विशेष अतिथी तथा घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख कर अधिकृत कृष्णप्रसाद आचार्यले निजी क्षेत्र र सरकारी निकायको समन्वयमा भएको तालीमले महिलालाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे । उनले तालीमलाई फेसन नबनाउन र तालीमबाट सिकेका कुरा व्यवहारमा लागु गर्न आग्रह पनि गरे ।
स्थानीय समाजसेवी मधु बाँस्तोलाले तालीमले महिलाहरुलाई आत्मनिर्भर बनाउने विश्वास व्यक्त गरे । तालीममा सहभागीहरुलाई खिममाया शमाले प्रशिक्षण दिनेछिन् । सिद्धेश्वर महिला समूहकी अध्यक्ष रेखा बाँस्तोलाको अध्यक्षतामा भएको कार्यक्रममा सावित्री बाँस्तोलाले स्वागत र हरिप्रसाद बाँस्तोलाले कार्यक्रम संचालन गरेका थिए ।