मध्य त्रिशुली आयोजना निर्माण हुने

558 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

नुवाकोट– नुवाकोटको तुप्चेमा ५५ मेगावाट क्षमताको मध्य त्रिशुली गंगा नदी जलविद्युत आयोजना निर्माण गरिनेभएको छ । पर्फेक्ट ईनर्जी डेभलमेन्ट प्रालि काठमाण्डौँ प्रस्तावक रहेको सो आयोजना चार बर्षभित्र पुरा गर्ने लक्ष्य छ । आयोजनाको लाग १० अर्ब ३७ करोड रुपैँया रहेको छ । आयोजनाको नुवाकोटको मनकामना गाविस वडा नम्बर ३ र रसुवाको लहरेपौवा–१ मा बाँध निर्माण गरि तुप्चे–२ मा उत्पादन गृह रहनेछ । केन्द्रिय प्रसारण लाईनमा जोड्ने गरी आयोजनाबाट एक बर्षमा तीन सय ३५ मेगावट विद्युत उत्पादन गर्ने लक्ष्य लिईएको छ । पर्फेक्ट ईनर्जी डेभलमेन्ट प्रालिका नाममा रहनेगरी सो परियोजना स्वदेसी लगानीमा निर्माण गर्न लागिएको हो । आयोजनाबाट प्रभावित जिल्लाका नागरिकका लागि १० प्रतिशत शेय दिने योजना रहेको अध्यक्ष ग्याल्चे लामाले बताउनु भयो । आयोजना निर्माणबाट ऐतिहासिक धार्मिकस्थल उत्तरगयाधामको संरचना विग्रने भन्दै प्रभावित क्षेत्रका बासिन्दाले आयोजना निर्माण संरचना पुनः विचार गर्नुपर्ने माग राखेका छन् र