मनकामना जीर्णोद्वार फागुनमै, फागुन १५ गते क्षमा पुजा गरिने

740 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

manakamaगोरखा–प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरको जीर्णोद्धार फागुनभित्रै सुरु गरिने भएको छ । मनकामना गाउँ विकास समितिको मसान्तसम उपयुक्त साई हेरेर काम थाल्ने निर्णय गरेको हो । पुरातत्व विभागका महानिर्देशक गुठी संस्थानका प्रशासक, मनकामना जीर्णेद्धार समिति, प्रमुख जिल्ला अधिकारी, गोरखा प्रहरी प्रमरखसहित स्थानीयको बैठकले अन्य सबै तयारी पुरा भएकाले काम थाल्ने निर्णय गरेको हो । फागनु १५ गते बिहान क्षमा पुजा गर्ने, फागुन अन्त्यसम्म तान्त्रिक पपुजा सकेपर गजुर झिक्ने र जीर्णोद्धारको काम सुरु गनेर्प बैठकले निर्णय गरेको छ । जीर्णोद्धार समयमा मन्दिरमा रहेको सुनको सुरक्षित स्थानमा राख्ने निर्णय भएको छ । मन्दिर दक्षिण पश्चिममा १० ईन्च ढल्केकाले परातत्व विभागले २०६८ सालमै जीर्णौद्धार गर्नुपर्ने निष्कर्ष निकालेको थियो । उतिबेला प्राविधिकको अध्ययनले साढे आठ करोड रुपैयाँ खर्च लाग्ने बताएको थियो । तर समयमै काम हुन नसकेकाले अहिले मन्दिरका लागिमात्रै ११ करोड लाग्ने खांकलन गरिएको जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्र श्रेष्ठले बताउनु भयो । मन्दिर आसपास निर्माण गरिने अन्य संरचनालगायत सबे काम सक्दा १३ करोडसम्म खर्च लाग्ने अनुमान समितिले गरेको छ । नेपाल सरकारले दुई आर्थिक बर्षमा गरि करिब ४ करोड रुपैँया दिईसकेको छ भने जीर्णेद्धार समितिले भक्तजनबाट साढे चार करोडभन्दा बढी रकम संकलन गरिसकेको छ । सरकारले दिएको पैसाले जीर्णोद्धार गर्न लाग्ने सुन किनिएको छ । भक्तजनले मन्दिरका लागि आवश्यक पर्ने इँटा, चुनासुकी, तामालगायत बस्न दान गर्ने बताएकाले निर्माण सम्मपन्न गर्न आर्थिक संकन नपर्ने भन्दै काम थाल्ने निष्कर्ष निकाले हो । अहिलेसम्म मन्दिरका लागि चाहिने ८० प्रतिशत काठको जोहो भईसकेको छ ।