समुन्द्रमा डुबेर अष्ट्रेलिया नेपालीको मृत्यु

543 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

death_20150217124059

अष्ट्रेलिया, फाल्गुन ५ – सिड्नीको उत्तरी क्षेत्रमा रहेको सामुन्द्रिक क्षेत्र एभोका बिचमा पौडी खेल्न गएका एक नेपाली युवकको डुबेर मृत्यु भएको छ इकान्तिपुर डट कमले खबर लेखेको छ ।

सोमबार दिउँसो साथीहरुसँग पौडी खेल्न गएका विराटनगरका लोमश पराजुली पौडी खेल्ने क्रममा पानीमा डुब्न पुगेका थिए । पानीमा डुबेको देखेपछि बचाउन गएका लाइफ गार्डले उनलाई पानीबाट बाहिर निकाल्न सफल भएपनि बचाउन भने सकेनन् ।

सिड्नीको एसफिल्डमा बस्दै आएका उनी ७ बर्षघि बिद्यार्थीका रुपमा अष्ट्रेलिया आएका थिए । एनआरएन अष्ट्रेलियाका महासचिव भरत पोखरेलले बिद्यार्थीका रुपमा अष्ट्रेलियामा उच्च शिक्षा लिइरहेका २६ बषिर्य पराजुली मिलनसार व्यक्तिका रुपमा साथीहरु समक्ष चिनिन्थे । अष्ट्रेलियाका लागि नेपाली महावाणिज्यदुत दीपक खडकाले घटनाका बारेमा परिवारलाई जानकारी गराइएको र उनको शव नेपाल पठाउने तयारी भइरहेको जानकारी दिए ।