धादिङबेसी र राजमार्गको टेलिकम सेवा अब अप्टिकल नेटवर्कबाट

893 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC05488

धादिङ,६ फागुन – जिल्ला सदरमुकाम धादिङबेसीका नेपाल टेलिकमका उपभोक्ताको लागि खुसीको खबर आएको छ । उपभोक्ताको मागलाई ध्यानमा राखि आफ्नो सेवालाई आधुनिक र अझै गुणस्तरीय वनाउन नेपाल टेलिकमले चलिरहेको पुरानो सिष्टम हटाएर आधुनिक प्रविधिको अप्टिकल नेटवर्कमा सेवालाई जोड्ने भएको छ ।
टेलिकमले पहिलो चरणमा जिल्ला सदरमुकाम र राजमार्ग क्षेत्रमा अप्टिकल फाईबर जडान गरी सोही सिष्टमबाट आफ्नो सेवा वितरण गर्न लागेको हो । जिल्लाको कुम्पुरमा रहेको रिपिटर टावरमा काठमाण्डौंबाट रेडियोको माध्यमबाट सिष्टम कनेक्सन गरी जिल्ला सदरमुकाम र राजमार्ग क्षेत्रमा सेवा दिंदै आईरहेकोमा आधुनिक प्रविधिको अप्टिकल नेटवर्कबाट सेवा प्रवाह गर्न लागिएको नेपाल टेलिकम धादिङका प्रमुख राजु थापाले जानकारी दिनु भयो ।
DSC05487नेपाल टेलिकमले धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी सम्म अप्टिकल नेटवर्क विस्तार गरेसंगै आफ्ना सवै सेवालाई सोही नेटवर्कवाट बितरण गर्न लागेको हो । अप्टिकल नेटवर्कमा जोडिएपछि सदरमुकाम र जिल्लाको राजमार्ग क्षेत्रका टेलिफोन ,मोवाईल र इन्टरनेट प्रयोगकर्ताले सुधारको महसुस गर्ने टेलिकम धादिङका प्रमुख थापाको भनाई छ । नेपाल टेलिकमको धादिङबेसी स्थित कार्यालयको नर्या भवन निर्माणाधिन अवस्थामा रहेकाले पुरानो भवनको प्रविधिलाई नयाँ भवनमा राखिएको  डिजिटल एक्सचेन्जमा सारेर जति सक्दो छिटो अप्टिकल प्रविधिवाट सेवा दिने तयारी भईरहेको थापाले वताउनु भएको छ । प्रजातन्त्र दिवसको सेरोफेरो पारेर सदरमुकामका ग्राहकहरुको लागि नयाँ प्रविधिको सेवा दिन टेलिकम लागिरहेको उहाँले वताउनु भयो । सदरमुकाम संगै जिल्लाको धार्के, महादेवबेसी,गल्छि, बैरेनी,आदमघाट, गजुरी र मलेखु क्षेत्रमा रहेको टेलिकमका सेवाग्राहीहरुले अव अप्टिकल नेटवर्कवाट सुविधा पाउनेछन ।
धादिङ जिल्लामा अहिले सदरमुकाम धादिङबेसीमा (पिएसटिएन )लाईन फोन १२ सय ३२,एडिएसएल इन्टरनेट ४ सय ३० लाईन संचालनमा रहेको छ । जिल्लाभरमा जिएसएम मोवाईलको प्रयोगकर्ता २ लाख, सिडियमएको ६० हजार रहेका छन भने सदरमुकाम भित्र मोवाईल प्रयोगकर्र्ताको संख्या २० हजारको हाराहारीमा रहेको अनुमान गरिएको छ ।
सदरमुकाम वाहिर मलेखुमा १ सय १०,गजुरीमा १ सय ५०, आदमघाटमा ६३,बैरेनीमा १ सय ४०,महादेवबेसीमा ९६ गरी ५ सय ५९ लाईन फोन संचालनमा रहेको छ । त्यसैगरी एडिएसएल इन्टरनेट प्रयोगकर्ताको संख्या सदमुकाम वाहिर मलेखुमा २६,गजुरीमा ६०,आदमघाटमा २७,बैरेनीमा २४ र महादेवबेसीमा ३२ गरी १ सय ६९ रहेको छ । जिल्लामा वाईम्याक्स ४० लाइन , र भिस्याट ८ लाईन समेत संचालनमा रहेको छ ।
???????????????????????????????अप्टिकल नेटवर्क विस्तारका लागि काठमाण्डौंबाट पृथ्वीराजमार्ग हुंदै गल्छि सम्म ल्याई त्यहांवाट नुवाकोटको तारुकाघाटबाट बिद्युत्त प्राधिकरणको पोलवाट सदरमुकाम जोडिएको कार्यालयले जनाएको छ । सदरमुकाम स्थित नेपाल टेलिकमको कार्यालयमा पनि आवश्यक पुर्वाधार निर्माण सम्पन्न भई सिष्टम जडानका कार्य भईरहेको र अवको दुई चार दिन भित्रैमा तिव्रगतिको फोन तथा इन्टर नेट सेवा उपभोक्ताले पाउने टेलिकमको दावी छ । नयाँ सिष्टम जडानका क्रममा केही दिन प्राविधिक पक्षमा समस्या देखिन सक्ने पनि टेलिकमले उपभोक्तालाई सचेत गराएको छ ।