‘हनुमाने बेस्ड फ्रेन्ड हो’-मंगली

3640 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हिजोआज मेरी बास्सै हास्यटेलिसिरियलमा हनुमाने र मंगलीको जोडीको चर्चा चुलिएको छ । समसमायिक विषयमा यो जोडीको प्रस्तुति निकै रोचक पनि छ । हनुमानेको भुमिकामा देखिने बुद्धि तामाङ हुन् भने मंगलीको भुमिकामा देखिने रजनी कोन्मेrajani-gurung गुरुङ ।

नायिका रजनी कोन्मे गुरूङ

स्याङ्जा आहले चित्यानकी रजनी २ वर्षयता कला क्षेत्रमा चम्किन थालेकी रहेछन् । गुरुङ चलचित्र ‘धिँ’ बाट फिल्ममा डेब्यु गरेकी उनले दर्जन गुरुङ फिल्महरुमा अभिनय गरिसकेकी छन् । पोखरामा छँदा उनले म्युजिक भिडियो र विज्ञापनमा पनि काम गरेकी थिइन् ।

टलकजंग भर्सेज् टुल्केमासमेत अभिनय गरेकी उनी अचेल भने मेरी बास्सैसँगै गुरुङ फिल्महरुमै व्यस्त हुन थालेकी छन् । उनै ‘मंगली’सँग गरेको कुराकानीः

मेरी बास्सैमा कति इपिसोड पु¥याउनुभयो ?

जम्माजम्मी १०-१२ इपिसोड पुग्यो होला । बीचमा ग्याप भयो । प्रोग्रामको लागि दुबईमा गएकीले ।

स्टेज प्रोग्राममा हास्यकलाकार बन्नुहुन्छ कि नायिका ?

म गुरुङ चलचित्रमा अभिनय गर्ने भनेर धेरैले चिनेका छन् । त्यसैले प्रायः नायिकाकै भुमिकामा देशविदेशमा पुगिरहेकी छु ।

गुरुङ फिल्ममा काम गरिरहनु भएको नायिका कसरी टेलिफिल्मतिर आइपुग्नुभयो ?

हामी सानो छदाँ पनि मेरी बास्सै हेरिन्थ्यो । मेरो मनपर्ने सिरियल हो । यसको दर्शक पनि प्रशस्तै छन् । त्यसले मलाई हनुमानेको जोडी बन्ने प्रस्ताव आयो । यस्तो लोकप्रिय कार्यक्रममा आफ्नो कला पस्कन पाउने भएपछि आएकी ।

मेरी बास्सैबाट वाहवाही पाइरहनुभएको छ ?

हनुमाने–मंगली जोडीको अभिनयलाई धेरैले मनपराउनु भएको छ । हनुमाने–मंगली जोडी पनि मिलेको छ । मंगोलिनयन फ्लेभरको कथाले पनि हामीलाई सर्पोट गरेको छ ।

मेरी बास्सैमा हनुमाने(बुद्धि तामाङ) र मंगली ।

mangali-hanumane

रिलमा त तपाइहरुको जोडी खुबै सुहाउँछ, रियलमा चाहि खास के हो ?

बाहिर अनेक कुरा चल्दा रहेछन् । खासमा चाहि बुद्धि तामाङ मेरो ‘बेस्ड फ्रेन्ड’ मात्र हो । अहिलेको लागि मात्र होइन ‘फरइभर’ नै ।

तपाईहरुको जोडीको प्रस्तुति मेरी बास्सैमा निरन्तर नै देख्न पाइएला नि ?

एकदमै । हामीले राम्रो रेस्पोन्स पाएका छौ । हामी उत्साहित छौ । काम गर्ने उत्साह मिलेको छ ।

गुरुङ फिल्ममा समय दिन नभ्याउने भयो अब त्यसो भए ?

मेरो कलाकारिताको मुख्य आधार नै गुरुङ फिल्म हो । त्यसैले यो पहिलो प्राथमिकतामा पनि पर्छ । आउँदो महिना ‘माया लापालाई, माया असेधो(माया गर्नेलाई माया नमार)’ फिल्म रिलिज हुदैछ । त्यही महिनामा ‘तिमी नभए’ गुरुङ भाषाकै फिल्म बन्दैछ । त्यसमा पनि काम गर्दैछु ।

नेपाली फिल्मको व्यापार खस्किरहेको अवस्था छ, गुरुङ फिल्मको अवस्था पनि त्यस्तै हो कि ?

अलि फरक छ । यो फिल्म रिलिज हुनसाथ हेर्नेको भींड हुन्छ । पोखरा यसको प्रदर्शन गर्ने मुख्य ठाउँ हो । त्यसपछि प्रायः विदेशमा गुरुङ फिल्महरुको शो हुन्छ । नेपालमा बनाउने र विदेशमा देखाउने गरिन्छ । त्यसैले गुरुङ फिल्मको व्यापार राम्रै भइरहेको छ ।

कतिको संघर्ष गर्नुभयो यहाँसम्म आउन ?

म आफुलाई धेरै नै भाग्यमानी ठान्छु । म यो क्षेत्रमा आएको २ वर्ष पुगेछ । अभिनय नसिकी आएकी । स्व.लोकबहादुर गुरुङले मलाई यो क्षेत्रमा प्रवेश गराउनुभएको । क्यामराको एक्सन एक्सनमा उहाँले मलाई अभिनय सिकाउनुभयो । तर, उहाँले ३ महिनाअघि हामीलाई छाडेर जानुभयो । धेरै गुरुङ फिल्महरु उहाँले नै गर्नुभएको छ । त्यस्तै देवबहादुर गुरुङ(श्याम)ले पनि मलाई यो क्षेत्रमा अडिन धेरै सहयोग गर्नुभयो ।

तपाईको लक्ष्य चाहि हिरोइन बन्ने नै थियो ?

सानोमा अरुले ‘के बन्ने ?’ भनेर सोधेमा हिरोइन बन्छु भनी दिन्थे । तर, ठुलो भएपछि गाउँमा टिचर बन्छु कि जस्तो लागेको थियो । अहिले त हिरोइन नै पो भएछु । -एभरेस्ट टाइम्स