मैत्रीपूर्ण मिडिया कपमा सहभागी हुन रोकेकोमा कृषि रेडियोको आपत्ति

908 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ–प्रजातन्त्र दिवसको अवसर पारेर प्रजातन्त्र दिवस जिल्ला मुल समारोह समितिको सहयोगमा रेडियो विहानीले आयोजना गरेको मैत्रीपूर्ण मिडियाकप फुटवल प्रतियोगितामा कृषि रेडियोको टिमलाई खेल्नवाट रोक लगाएको भन्दै कृषि रेडियोले उक्त कार्यको कडा शव्दमा विरोध जनाएको छ । प्रजातन्त्र दिवसको अवसरमा धादिङबेसीमा आयोजना गरिएको मिडिया हाउसका बिच मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सहभागी हुन आएका सहभागीहरुलाई खेलमा सहभागी हुनवाट रोकेको भन्दै रेडियो कृषिले आपत्ति जनाएको हो । आयोजक संस्था रेडियो विहानीबाट कृषि रेडियोका सहभागीहरुलाई धुनिवेशी क्लवका व्यवसायिक खेलाडी भएको भन्दै खेल्न नदिएपछि टोली खेलमा सहभागी हुन नपाई घर फर्किएको थियो ।
krishi radioसदरमुकामबाट प्रसारित  रेडियो विहानीको आयोजनामा फागुन  ६ गते सञ्चालन गरिएको मैत्रिपूर्ण फुटवल प्रतियोगितामा सहभागी हुन आयोजकले आमन्त्रण गरेर मैदानमा आएपछि टोलीलाई अपमानपूर्ण ढंगले सहभागी हुन नदिएको भन्दै गरिएको कृषि रेडियोले बिज्ञप्ति जारी गर्दै उक्त कार्यको विरोध जनाएको हो ।
मैत्रिपूर्ण फुटवलको आयोजना गरि अर्को टिमको सामना नगरी खेल खेल्न नदिइ फिर्ता गराउने काम आफैमा हारको मानसिकता हो । टिमको निष्पक्षतामा अध्ययन गर्न सक्ने विभिन्न माध्यय हुदा हुदै खेल प्रतियोगितामा निमन्त्रणा गरी खेल्न नदिनु कृषि रेडियो प्रतिको अपमान र यस रेडियोलाइ वदनाम गराउने दुष्प्रयास सिवाय केहि हुन नसक्ने रेडियोका स्टेशन मैनेजर सरोज पौडेलद्धारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । फागुन ७ गते जारी गरिएको बिज्ञप्तिमा भनिएको छ –एक जना रेडियो कार्यक्रम सञ्चालक÷पत्रकार विभिन्न क्षेत्रमा सलंग्न भएको हुनसक्छ । कोहि व्यवशायमा सलंग्न हुनसक्छ र कोहि खेलकुद क्षेत्रमा पनि आवद्ध हुन सक्छ । रेडियोमा आवद्ध नभएका व्यक्तिलाइ सहभागी नगराएको रेडियोबाट प्रष्ट पार्दा पार्दै झुठो आरोप लगाईएको बिज्ञप्ति मार्फत पौडेले स्पष्ट पानु भएको छ । आगामी दिनमा यस्ता प्रकारका व्यवहार अन्य आमसञ्चार माध्यम प्रति नदेखाउन र आयोजकमा हुनुपर्ने निस्पक्षता कायम गर्न समेत कृषि रेडियोले सचेत गराएको छ ।
10398679_10204893327485656_7812994493415289727_nकृषि रेडियो संगै धुनिवेशी युवा समुहले पनि विज्ञप्ति जारी गर्दै क्लवको नाम जोडेर कृषि रेडियोका पत्रकारहरुलाई मैत्रीपूर्ण कपमा सहभागी हुनबाट बञ्चित गराएको भन्दै उक्त कदमको विरोध जनाएको छ ।

रेडियो विहानीले खेलमा सहभागी हुनका लागि पठाएको पत्र radio bihaani 444