बलात्कारीलार्इ १ हजार ५ सय ३५ वर्ष जेल सजाय

533 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Albert_Morake_south_african_rappist_337028198फोटो :एजेन्सी
 एजेन्सी : दक्षिण अफ्रिकामा ३५ वर्षीय पुरुषलार्इ अदालतले १५३५ वर्षको जेल सजाय सुनाएको छ । जोहनेसबर्गको एक अदालतले गुटेङ्ग प्रान्तको तेन्बिसा इलाकामा बस्ने अल्बर्ट मोरेकमाथि २००७ देखि २०१२ सम्ममा २९ जना महिलालार्इ बलात्कार गरेको अभियोग लागेको थियो ।जोहनेसबर्ग उच्च अदालतले बिहीबार ती युवामाथि जम्मा १५३५ वर्षको जेल सजाय दिने फैसला गरेको गल्फ न्यूजले उल्लेख गरेको छ । उनले गरेका ३० वटा अपराधका लागि ३० आजीवन कैदको फैसला भएको हो ।

त्यसैगरी लुट, हत्या र अपहरणका सयौं घटनाका लागि उनीलार्इ ३६० वर्षको जेल सजाय दिइएको हो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार मोरेक देशकै सबैभन्दा डरलाग्ता अपराधी ठहरिएका छन् । त्यसैकारण उनलार्इ सबैभन्दा बढी र लामो समयसम्मको सजाय दिइएको हो ।

उनीबाट बलात्कृत महिलाहरुले अदालतको फैसला सुनेपछि खुसी व्यक्त गरेका छ्न् । फैसला सुनाएका न्यायाधीश रिन स्ट्रिडमले मोरेकबाट भएको गल्तीमा कुनै पश्चताप नगरी उल्टै ती अपराधमा आफ्नो कुनै भूमिका नरहेको जिकिर गरेको जानकारी दिए ।

‘उनी यति जब्बर निस्के कि अदालतबाटै उनीबाट पीडितलार्इ उल्टै धम्क्याउँदै भविष्यमा पनि आफूबाट जोगिने उपाय खोज भन्दै धम्क्याए’ न्यायाधीश स्ट्रिडमले भने । मोरेकले बलात्कार गरेकामध्ये केही महिललाले त घटनालगत्तै ज्यानै गुमाइसकेका छन् अन्तरराष्ट्रिय संचार माध्यमहरुले खबर लेखेका छन ।