ट्विटरमा प्रत्येक दिन ५ लाख नाङ्गा तस्बिर पोस्ट हुँदै
880 पटक पढिएको
फेसबुक र युट्यूबमा जसरी ट्विटरमा यस्ता तस्बिर ब्लक गर्ने सुविधा ट्वीटरमा नहुँदा यो समस्या बढ्दै गएको छ । ट्विटरसँग नाङ्गा तस्बिर रोक्ने नीतिको अभावले दिनहुँ नाङ्गा तस्बिर पोस्ट गर्ने क्रम बढेको हो ।
ट्विटरमा यस्ता तस्बिर रोक्न विरोध अभियान समेत चलिरहेको छ । ट्विटरका प्रयोगकर्ताले अब ट्विटरलार्इ पनि पोर्नोग्राफीकै श्रेणीमा राख्नुपर्ने अवस्था आउन लागेको भन्दै आपत्ति प्रकट गरिररहेका छन् ।
ट्विटरले नाङ्गा तस्बिर रोक्ने सुविधा नराखेपछि यस्ता तस्बिर बालबालिकालेसमेत सजिलै हेर्न सक्ने अवस्था आएको छ ।
बेलायका एक बरिष्ठ सांसदले बताएअनुसार ट्विटरका अधिकारिले इन्टरनेट पोर्नको सामना गर्नका लागि बोलाइएको मन्त्रीको मिटिङमा पनि आउन मानेनन् । उता फेसबुक र गूगलजस्ता अन्य सामाजिक सञ्जालका अधिकारीले भने सो बैठकमा सहभागिता जनाएका थिए अन्नपूर्ण पोष्ट दैनिकले खबर लेखेको छ ।