रसुवाको लिङलिङमा तिर हान्ने पर्ब सम्पन्न 

720 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rasuwaaरसुवा–आफ्नो मौलिक संस्कृतीको जर्गेर्ना गर्ने उद्धेश्यले रसुवाको लिङलिङमा तिर हान्ने पर्ब यस बर्ष पनि सम्पन्न भएको छ ।तामाङ जातिले मानाउने ग्याल्वो ल्होसार पर्बको चौथो दिनमा यो पर्ब मनाईने गरिन्छ । छिमेकी मित्रराष्ट्र चीन बाट सयौं बर्ष अघि भित्रिएको यो पर्ब लोप हुने अबस्थामा पुगे पछि गाँउका युबाहरुले यस बर्ष धुमधामका साथ तिर हान्ने पर्ब मनाएका छन । यस बर्षको तीर हान्ने पर्बमा नोर्बु लामा प्रथम भएका छन भने लिङलिङका काले तामाङ द्धितीय भएका छन । यसैगरि तृतीय हुनेमा लाक्पा तामाङ रहेका छन । लिङलिङ गाँउका प्रमुख लामा लबुलामाले प्रथम हुनेलाई नगद २७ सय नगदका सम्मान गर्नु भएको थियो ।