लोकदोहोरी गायक शिरीष देवकोटाको प्रस्तुती सहित मैत्री फुटबल खेल को तयारी पुरा

791 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कतार । राष्ट्रिय लोकदोहोरी गायक शिरीष देवकोटाको प्रस्तुती सहितको फुटबल खेल अन्तिम तयारीमा पुगेको छ । नेपाली फुटबल टिम दोहा कतार र इन्डोशियाको स्थानीय खेलाडी बीचको मैत्री फुटबल खेल यहि आउँदो शुक्रवार कतारको अल अरबी स्पोटर््स क्लवमा हुन लागेको हो । कतारको प्रसिद्ध अल अहली क्लव संग चितवन युवा समूह दोहा कतार र नेपाली फुटबल टिम द्धयले यसपटक संयुक्त रुपमा सहकार्य गरी नेपाली फुटबल टिमलाई प्रतिस्पर्धामा सहभागी गराएको हो । दिनको २.३० बाट सुरु हुने नेपाली गायन तथा इन्डोनेशियाको विविध साँस्कृतिक कार्यक्रमहरुमा दर्शकहरु २ बजे नै स्टेडियम पुग्नुपर्ने आयोजकले वताएको छ । 

11016607_707787842672428_1266443752_nनेपाली फुटबल टिमका खेलाडीहरुको लागि  लक्की ड्र मार्फत एलइडी टिभी, ल्यापटप, माइक्रोओभन, मोबाईल, एम पि फोर प्लेयर्स, घडी तथा ट्याव सहितको पुरस्कारको व्यवस्था गरिएको जानकारी गराउँदै सम्पुर्ण दर्शकहरुको लागि प्रवेश निशुल्क रहेको जानकारी पनि समन्वयकारी संस्थाले जनाएको छ । टाढाबाट आउने दर्शकहरुको लागि आउन जानको लागि यातायातको व्यवस्था रहेको पनि उनीहरुले बताए । नेपाली फेमिली ग्रुपहरुको लागि स्टेडियमको गेट नं. ५ र अन्य नेपाली दर्शकहरुको लागि गेट नं. ६ र ७ खुल्ला रहने र इन्डोनेशियन समुदायको लागि गेट नं. २, ३ र ४ खुल्ला रहने अल अहली क्लवका म्यानेजर नासरले जानकारी गराएका छन् । इन्डोनेसियन टिमका खेलाडीहरु ४.४५ बाट सुरु हुने खेलको पहिलो चरणमा कतारको अल अहली क्लव र अल समाल क्लव बीच हुनेछ भने मध्यान्तरको समयमा पनि विविध नेपाली मनोरञ्जनात्मक प्रस्तुती हुने कुरा बताए । कतारको दुई क्लव बीचको खेलको समाप्ती लगत्तै नेपाली फुटबल टिमका खेलाडी र इन्डोनेशियन टिमका खेलाडी बीच हुने भएको छ । निशुल्क यातायातको लागि भूमिराज कार्की ७००५००६८, समीर केसी ६६५८९६८२, हरि प्रसाद दंगाल ३३६८५४००, बाबु छत्कुली ६६२८४७४९ मा सम्पर्क गर्न सकिने नेपाली फुटवल टिमका महासचिव बाबु छत्कुलीले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।