नुवाकोटमा नक्कली नोटको बिगबिगी

607 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 नुवाकोट । नुवाकोटमा नक्कली रुपैयाँको नोट छ्यापछ्याप्ती भेट्टिन थालेपछि नेपाल बैक लिमिटेड त्रिशुली शाखाले नागरिकहरुलाई सचेत रहन आग्रह गरेको छ । बैंक तथा वित्तिय सस्थाहरुले संकलन गरेको रकम देखि चलन चल्तिका पुराना नोटहरु समेत नक्कली पाउन थालेपछि नेपाल बैंकले सर्वसाधारणलाई नोटको कारोबार गर्दा सतकर्ता अपनाउन आग्रह गरेको हो कारोवार डेलि डट कमले खबर लेखेको छ ।

nakkali-note-nuwokot-445x232पछिल्लो तीन महिनामा नुवाकोटमा एक हजार रुपैयाँको सातवटा नक्कली नोट भेट्टिइएको नेपाल बैक लिमिटेड विदुर शाखाका क्यासियर रमेशप्रसाद चौधरीले जानकारी दिए । बैंक तथा वित्तिय सस्थामा भेट्टिएका नक्कली रुपैयाँका नोट नियन्त्रणमा लिएर नष्ट गर्न नेपाल राष्ट्र बैंकमा पठाइएको क्यासियर चौधरीले बताए ।

नक्कली नोटबाट बच्न बैंकले वित्तिय सस्थादेखि सर्वसाधारणलाई शंकास्पद नोटलाई बैंक मार्फत प्रमाणिकरण गराएर मात्र प्रयोग गर्न आग्रह गरेको छ । सक्कली जस्तै देखिने नक्कली नोटमा लालिगुराँसको फूलको थुङ्गा नहुने, नोटको सुरक्षा तार नहुने, कागज केही पातलो हुने भएकाले नक्कली रुपैयाँ जस्तो लागेमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

सक्कली रुपैयाँको नोटलाई पानी लगाएर रगट्दा कागज केही नहुने र नक्कली रुपैयाँको कागज खुईलिने भएकाले सर्वसारधारणले पनि नोटको सक्कली र नक्कली रुपैयाँ भनेर थाहाँ पाउन सकिने क्यासियर चौधरीले बताए । नक्कली नोटलाई नेपाल राष्ट्र बैंकले जफत गरी नष्ट गर्ने व्यवस्था रहेको छ ।

बैंङ्किङ कानुन अनुसार नककली नोटको क्षतिपूर्ति समेत पाइदैन । जिल्लामा नक्कली रुपैयाँको बिगबिगी बढेपनि संलग्न रहेको अभियोगमा कोही पनि पक्राउ नपरेको नुवाकोटका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए ।