कोरियामा १०५ औ अन्तराष्ट्रिय नारी दिवस मनाइने

639 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सउल , दक्षिण कोरिया ! नारीले भोग्दै आइरहेका समस्या समाधान साथै आदर्श समाजको परिकल्पनामा नारी स्वयं जागरुक र सशक्त रुपमा अगाडी नबढी सम्भव छैन । “नारी एकता र नारीको समस्या समाधानमा एक्येबद्धता” भन्ने नाराका साथ कोरियामा अन्तराष्ट्रिय नारी दिवस मनाइने भएको छ ।

दक्षिण कोरियामा महिलाहरुको साझा संस्था वमन फर वमनले १०५ औ अन्तरष्ट्रिय नारी दिवस मनाउन लागेको हो । आउने मार्च ८ तारिक सउल स्थित नेपाल हाउसमा नारी दिवस भब्य रुपमा मनाउन लागेको संस्थाकी अध्यक्ष मल्लिका थकालीले बताइन । यसपालीको नारी दिवस मार्च ८ तारिक आइतवार परेकाले पनि उक्त दिन विशेष हुने थकालीले बताइन । मध्यान्ह १२ बजेबाट शुरु गरिने उक्त कार्यक्रममा कोरियास्थित विभिन्न संघसंस्था तथा नेपाली समुदायलाई  उपस्थित भइदिन अनुरोध गरिएको छ । कोरियामा वमन फर वमन संस्था स्थापना भएदेखि नै संस्थाले प्रत्येक वर्ष नारी दिवस मनाउदै आइरहेको छ ।

अन्तरराष्ट्रिय नारी दिवसको शुरुआत १९सौं शताव्दिको आरम्भ देखि शुरु भएको हो। सन् १९०८ मा सामाजिक बिचारधाराका अमेरिकी महिलाहरुले पहिलो नारी दिवसको आयोजना गरेर अन्तरराष्ट्रिय नारी आन्दोलनलाई प्रेरित गरेका थिए। महिलाको राजनीतिक र आर्थिक क्षेत्रमा समानता अनि मत दिन पाउनुपर्ने भनी हजारौंको संख्यामा महिलाहरु सडकमा उत्रिएका थिए। यसैको असर स्वरुप सन् १९०९ मा कपडा उद्योगमा कामगर्ने महिला कामदारहरुको ठूलो समूहले जाडो महिनाको तेह्र हप्ता सम्म पुरुष सरह ज्याला र कामगर्ने वातावरणको सुधारको लागि आम हडताल गरेका थिए। यसपछि बिस्तारै अमेरिका भरि नारी दिवस मनाईन थालियो र पछि गएर अरु युरोपियन राष्ट्रमा पनि महिला चेतना र नारी आन्दोलनको शुरुआत हुन थाल्यो।

 समाजबादी बिचारधारा भएकी अमेरिकी लिना लुइसले सन् १९१० मा एउटा बक्तव्य निकालि “नारी दिवस भनेको कुनै कुराको उपलब्धिको खुशी मनाईएको हैन, तर यो दिन भविष्यमा पुरुषले नारी भन्दा आफूलाई उच्च मान्ने र नारी प्रति शासन जमाउने प्रथाको अन्त सम्मको लागि गर्नु पर्ने संघर्षलाई निरन्तरता दिन संझाउने दिन हो” भनेकी थिईन।

श्रोत : हेल्लो नेपाल