नुवाकोट जिविसको बजेट २३४ करोड

850 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट – १४ फागुन । जिल्ला विकास समिति नुवाकोटको २२औँ जिल्ला परिषद्ले बुधबार आगामी आर्थिक वर्षका लागि रु २३४ करोडको बजेट सार्वजनिक गरेको छ ।

परिषद्ले आव २०७१÷७२ का लागि रु दुई अर्ब ३४ करोड ४० लाख आठ हजार बजेट तथा कार्यक्रम पारित गरेको छ । प्रस्तुत बजेट गत वर्षको परिषद्बाट पारित चालु आव २०७१÷७२ को प्रस्तावित बजेटभन्दा रु ६१ करोड १८ लाख १२ हजार कम हो ।

nuwakot_mapस्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीका अनुसार चालुतर्फ रु ९४ करोड ११ लाख ६२ हजार र पुँजीगततर्फ रु एक अर्ब ४० करोड २८ लाख ४६ हजार बजेट प्रस्तुत गरिएको छ ।

आर्थिक विकासतर्फ रु आठ करोड ७८ लाख ४७ हजार, सामाजिक विकासतर्फ रु ५१ करोड ५३ लाख ६८ हजार, भौतिक पूर्वाधारतर्फ रु एक अर्ब ६३ करोड ५४ लाख ३६ हजार र वन तथा वातावरणतर्फ रु १० करोड ५३ लाख ५७ हजार विनियोजित गरिएको छ । परिषद्ले जिविसले चालु र पुँजीगततर्फ रु ७८ करोड ८५ लाख १२ हजारको बजेट पारित गरेको छ ।