स्थापना दिवसमा मगर समुदायको सालैजो र सोरठी नाच

1135 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0535धादिङ–नेपाल मगर संघको स्थापना दिवसको अवसर पारेर शुक्रवार धादिङबेसीमा जिल्लाव्यापी खुल्ला सोरठी तथा सालैजो लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । लोप हुन लागेको कला र संस्कृतीको जोर्गेना गर्ने उद्देश्यले आयोजना गरिएको जिल्ला स्तरीय प्रतियोगितामा सालैजो तर्फ नेपाल मगर संघ नीलकण्ठ नगर इकाई समितिको समूह प्रथम भएको छ । यसै गरी नीलकण्ठ नगरपालिका कै साखु सोरघरको मगर समूह द्धितीय र नेपाल मगर संघ बैरेनी गाउँ इकाई समूह तृतीय भएको छ । सहभागीहरु मध्य सोरठीतर्फ सलाङ्ग मगर समुह प्रथम, नीलकण्ठ मगर समुह दोस्रो र धुवाकोटको पाथिभरा मगर समुह तृतिय भएका छन् । त्यस्तै सल्यानटार समूह र दार्खा मगर समूह सान्वना भएको छ । नेपाल मगर संघको ३३औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगिताको संघका केन्द्रिय सदस्य हरीपाटा मगरले उदघाटन गर्नुभएको थियो विजयीहरुलाई नगद सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।
कार्यक्रमलाई सम्वोधन गर्नुहुंदै धादिङ क्षेत्र नम्बर २ का सभाषद गुरुप्रसाद बुर्लाकोटीले बहु जातीहरुको बसोबास रहेको देशमा सबै जात जातीको परम्परा र सस्कृतिको जगेर्ना गर्नुपर्ने बताउनुभयो । कार्यक्रमलाई क्षेत्र नम्बर १ का सभाषद धनबहादुर घले, समानुपातिक तर्फका सभासद दिलमान पाख्रिन र परशुराम तामाङले पनि जातीय विविधताले युक्त मुलुकको पहिचान जोगाउँन सास्कृतिक संरक्षण आवश्यक रहेकोमा जोड दिनु भएको थियो ।
DSC_0549धादिङबेसी लखन थापा चोक नजिकै रहेको भानुपार्कमा आयोजना गरिएको कार्यक्रमलाई पुर्व विधायक एवम नेपाली काङ्ग्रेस धादिङका सभापति रामनाथ अधिकारी, नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठी, राप्रपाका जिल्ला सदस्य भिमवहादुर दर्लामी, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे लगायतले सम्वोधन गर्नुभएको थियो ।
े कार्यक्रममा सोरठी, कौरा, सालैजोे लगाएत मगर जातीका सस्कृति झल्काउने गीत तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमकै बीच नेपाल मगर संघ धादिङका गतिविधि संगै विविध जाती, भाषा र सस्कृतिको जगेर्नामा सहयोग गरेकोले रेडियो धादिङलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमकै अवसर पारेर गएको ९ महिनादेखि धादिङमा स्थानीय विकास अधिकारीको रुपमा कार्यरत रहेकै अवस्थामा हालैमात्र नेपाल सरकारका सहसचिव पदमा बढुवा हुनुभएका रुद्रसिंह तामाङलाई मगर संघले सम्मान गरेको छ । प्रतियोगीता सुरु हुनु अघि मगर संस्कृति झल्कीने झाँकी र बाजा सहितको ¥यालीले वजार परिक्रमा गरेको थियो ।

DSC_0570कार्यक्रममा मगर संस्कृति संगै चार बर्षिया संज्ञा शर्माको एकल नृत्य बिशेष वन्न पुगेको थियो । शर्माले धादिङका धेरैवटा सार्वजनिक कार्यक्रममा नृत्य प्रस्तुत गरेर सबैलाई चकित पार्दै आईरहेकी छिन । शुक्रवार पनि संज्ञााको नृत्य धेरैको रोजाईमा परेको थियो ।