लोकदोहोरी अर्वाडको तयारी तिब्र, फारम भर्ने समय फागुन अन्तिम सातासम्म

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नुवाकोट – नेपाली लोक संगीत हाम्रो पहिचान, सन्चार संस्थावाट कलाकार गर्ने हाम्रो अभियान भन्ने मुल नाराको साथ आगामी बैशाख ११ गते वितरण हुने अर्वाडको तयारी तिब्र गतिमा भईरहेको छ ।

सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजना हुने प्रथम सुन्दरादेवी बाग्मती अञ्चल लोक दोहोरी अर्वाडको तयारी तिब्र गतिमा भईरहेको प्रकाशक किरण अधिकारीले बताउनु भयो । यहि फागुन १५ गते सम्म फारम भर्ने अन्तिम समय भनिएपनि सबैलाई समेट्ने प्रयास स्वरुप फारम भर्ने अन्तिम मिती फागुन मसान्त सम्मका लागि थपिएको आयोजकले जनएको छ । बाग्मती अन्चलका सर्जक तथा कलाकारले उत्साहजनक रुपमा फारम भरी सहभागीता जनाएको प्रकाशक अधिकारीको भनाई छ ।

यसैबीच अर्वाडलाई सफल पार्न लोक देखि चलचित्रका कलाकारहरु नुवाकोट पुग्ने भएका छन् । कार्यक्रममा वरिष्ठ लोक गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझि, दुर्गा रायमाझि, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकमा अध्यक्ष चन्द्र शर्मा, प्रजापति पराजुली उपस्थित हुने पक्का भएका हुन् ।त्यस्तै, गायिका रमिला न्यौपाने, रिता थापा, जमुना राना, गिता रेउले, अमृता लुङगेली मगर, शान्ति श्री परियार र शान्ति सुनुवार, गायक नविन पौडेल, कृष्ण रेउले, रामजी खाँण, पशुपति शर्मा, शिव हमाल, हरी थापा, विमलराज क्षेत्री, दिपक खड्का, शिरिष देवकोटा लगायतका कलाकारले बेजोड सांगीतिक प्रस्तुती प्रस्तुत गर्नेछन् । यस्तै, चलचित्र क्षेत्रका हस्तिहरु वरिष्ठ चलचित्रकर्मी तथा नेपाल टेलिभिजनका अध्यक्ष निर शाह, निर्देशक मोहन निरौला, निर्देशक समाजका उपाध्यक्ष सुमन दाहाल, निर्देशक निर्मला शर्मा गैँडा, नायिका रजनी केसि, नायिका रोशनी केसि समेत अर्वाडमा उपस्थित रहनेछन् ।यसैगरी, चर्चित हाँस्य कलाकारहरु दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, सिताराम कट्टेल, केदार धिमिरे, शिवशंकर रिजाल, आरपी भट्राईको पनि उपस्थिती रहनेछ । आयोजकका अनुसार चलचित्र पधकार संघका केन्द्रिय अध्यक्ष शान्ति प्रियको नेतृत्वमा एक दर्जन मनोरन्जन कलाकारिता संचारकर्मीहरुको समेत उपस्थिती रहनेछ । त्यस्तै, फेडेरेसेन अफ ईन्टरनेश्नल डान्स फेस्टिबलको एसिया महादेश निर्देशक रामभन्द्र कोईरालाको नेतृत्वमा करिब एक दर्जन लोकसंस्केति प्रेमी कलाकारहरुको सहभागीता रहनेछ भने, एभरेष्ट नेपाल कल्चरल ग्रुपको लोपन्मुख नृत्य रहनेछ । अर्वाड विभिन्न १२ विधामा वितरण गरिनेछ । कार्यक्रमको सह–आयोजकको रुपमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान वाग्मती अंचल समिति र नुवाकोट जिल्ला समिति रहनेछन् । कार्यक्रमलाई सफल पार्न फिल्मी खबर, नुवाकोट जागरण, हाम्रोभाखा डटकम, रंग संसार, मुलधार साप्ताहिक र मुलधार अनलाईन, माईन्यूजनेपाल डटकम र जनपुकार डटकम मिडिया पार्टनरको रुपमा रहेका छन् । त्यस्तै, रेडियो पार्टनरको रुपमा रेडियो त्रिशुली र रेडियो मेलम्ची १०७ थोप्लो २ मेगाहर्ज रहेका छन् भने, अफिसियल होटलका रुपमा रिसोन प्रा लि विदुर रहेको छ ।