गाँजा लगाउने र फाँड्ने क्रम जारी

913 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

हेटौंडा – मकवानपुको उत्तर-पश्चिम र पूर्वी क्षेत्रका केही गाविसमा एक दशकदेखि गाँजा तस्करहरूको लगानीमा कृषकले गाँजा खेती गर्ने र प्रहरी प्रशासनले फँडानी गर्ने क्रम जारी छ। सघन रूपले गाँजा फँडानीको कार्य गत वर्षदेखि भएको हो। त्यसभन्दा अघि फँडानी गरेको जस्तो मात्र गर्ने गरिएको थियो। अवैध घोषित गरिएको गाँजा खेती कृषकले लगाउने र प्रहरीले फाँड्ने यो क्रम लुकामारी खेले जस्तो भएको छ।

gajaa‘प्रहरीले गाँजाको ब्याड राख्न दिनु हुँदैन अनि मात्र खेती नियन्त्रण हुन्छ,’ खैराङ गाविसका पूर्वअध्यक्ष राजकुमार मल्लले भने, ‘ब्याड राख्ने बेलामा स्थ्ाानीय प्रहरी टुलुटुलु हेरेर बस्ने गर्छन्, गाँजा भित्र्याउने बेला भएपछि सदरमुकामबाट प्रहरी टोली आएर गाँजाको बोट नष्ट गर्छन्।’ भित्र्याउने बेलाको गाँजा खेती फँडानी गरेर सरकार र कृषक दुवैले ठूलो नोक्सानी व्यहोर्दै आएका छन्। 

यो वर्ष मात्र प्रहरीले १२ गाविसमा पुगेर गाँजा फँडानी गरेको छ। ५ सय २ जना प्रहरी ३३ दिन खटिएर करिब सात सय बिघाको गाँजा नष्ट गरेको छ। 

प्रहरीलाई गाँजा फँडानी गर्न मात्र १० लाख रुपैयाँभन्दा बढी खर्च गरेको छ। कृषकको गाँजाका कारणले गर्दा कोदो र मकै उत्पादन भएन। बढी कमाउने लोभले लगाएको गाँजा खेती भित्र्याएर बिक्री गर्न पाएनन्। सरकार र कृषक दुवैले घाटा बेहोर्ने खेल विगतदेखि नै खेलिरहेका छन्। 

कृषक र तस्कर दुवैलाई थाहा छ, यो अवैध खेती हो तर पनि उनीहरू जोखिम मोलेर खेती गरिरहेका छन् भने अर्कातिर सरकारलाई पनि थाहा छ मकवानपुरको उत्तर-पश्चिमी 

भेक गाँजा प्रभावित क्षेत्र हो भनेर। स्थ्ाानीय जातको भाङ खाने गाँजाका बोट हुने गथ्र्यो। 

सुरुसुरुमा तस्करले स्थानीय जातको गाँजाको नै कारोबार गर्ने गरेका थिए। ११ वर्षअघि डाँडाखर्कका दिलबहादुर तामाङले भारतबाट प्रतिकेजी ५ सय रुपैयाँमा ५ केजी उन्नत जातको गाँजाको बिउ ल्याएर डाँडाखर्क र गोगनेमा ब्याड राखेका थिए। त्यही ब्याडबाट जिल्लाममा सुरु भएको उन्नत जातको गाँजा खेती अहिलेसम्म कायम छ। 

उनले दुईजना गाँजा खेती गर्ने प्राविधिक पनि ल्याएका थिए। उनीहरूले सिकाएका आधारमा यहाँका कृषकले उन्नत जातको गाँजा खेती सुरु गरेका हुन्। 

५६ वषर्ीय दिलबहादुरले ग्यासको सिलिन्डरमा गाँजाको धूलो हालेर भारत लगेर बिक्री गर्ने गरेका थिए। गाँजा खेतीबाट राम्र्र्रै पैसा आम्दानी गरे। उनले काठमाडौंमा घर बनाए। नाम अहिले परिवर्तन गरेका छन्। 

उन्नत जातको गाँजा खेती गर्ने आफू जिल्लाको पहिलो व्यक्ति भएकोमा उनलाई गर्व छ। ‘यो सधैं गर्ने काम होइन, कमाइ हुनेबित्तिकै छाड्नुपर्छ,’ उनले भने। गाँजा उत्पादन र व्यापारबाट गाउँमा मोटरबाटो नपुगेकाले उत्तर-पश्चिम क्षेत्रका बासिन्दाहरू गाँजा खेती गर्न बाध्य छन्। तस्कहरू गाँजा खरिद गर्न घर/घर पुग्ने गरेका छन् तर तरकारी खरिद गर्न गाँउ/गाउँमा कोही पनि व्यापारी आउँदैनन्। मोटरबाटोको अभावले गर्दा बजारमा पनि पुर्‍याउन सक्दैनन्।

‘गाँजा लगाउने र नष्ट गर्ने यो क्रम रोक्न सबै पक्षबाट आ-आफ्नो भूमिका निर्वाह भयो भने नियन्त्रण गर्न सकिन्छ,’ प्रजिअ केशवराज घिमिरेले भने, ‘यो वर्षदेखि गाँजाको ब्याड नै नष्ट गर्ने अभियान चलाउँछौं।’ 

गाँजा खेती मात्र होइन अफिम खेती पनि गर्न थालिएको छ। यो वर्ष ६ बिघा जमिनमा लगाएको अफिमका बोट नष्ट गरिएको छ। मकवानपुरको खैराङ, काँकडा, भार्ता, डाँडाखर्क, कालिकाटार, नामटार, सरिखेत, राक्सिराङ, हटिया, छतिवन गाविसमा बढी गाँजा हुने क्षेत्र हुन् ई कान्तिपुर डट कमले खबर लेखेको छ ।