सोरठी गित संरक्षणमा जुटे धादिङका मगर समुदाय,

999 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

DSC_0535धादिङ– धादिङका मगर बस्तीका बासिन्दा परम्परागत पुख्र्यौली नाच संरक्षणमा जुटेका छन । मगर समुदायको सांस्कृतिक पहिचान मानिने पुख्र्यौलीको अस्तित्व बचाउन बुढापाकादेखि युवापुस्ताले समेत सक्रियता देखाएका हुन् । आधुनिक संस्कृतिको प्रभावका कारण कतिपय नेपाली मौलिक संस्कृति अतिक्रमणमा परेर लोप हुन लागेको अवस्थामा सयाँै वर्ष पुरानो पुख्र्यौली नृत्य देखाउन चलन भने स्थानीय समुदायको देनले गर्दा अझसम्म जीवितै भेट्न सकिन्छ । मगर समुदायमा जन्म, मृत्यु, विवाह, छेवार र गाउँमा हुने विशेष सभा समारोहमा परिवेशअनुसार पुख्र्यौली नाच देखाउने चलन रहेको छ । यस्तो चलन हराउन नदिन बुढापाकाले नयाँ पुस्ताका युवा र बालकलाई पुख्र्यौली नाचगान गर्न सिकाउन थालेको सलाङका डिल बहादुर मगरले बताउनु भयो मादलसँगै जोडी भएर महिलाको भेषमा नाच्ने पुरुषले पुख्र्यौली नाचमा रौनकता थपेको हुन्छ ।

पुख्र्यौली नाचमा सोरठी भाकामा गीत गाउनेको एक समूह हुन्छ भने मादल भिरेर नाच्नेलाई मादले र महिलाको भेषमा नाच्नेलाई मारुनी भनिन्छ । कला र गला भएका धेरै जनशक्ति आवश्यक पर्ने यो नृत्य प्रदर्शन गर्न केही वर्षअघिसम्म अहिलेको जस्तो सजिलो थिएन । पछिल्लो समय सोरठी गित र नाच हराउदै गएको प्रति भने मगर समुदायको बुद्धिजिवीहरु चिन्तित बनेका छन् । अहिलेको बजारमा आएको नयाँ गितको कारणले गर्दा मगर समुदायको गित ओझेलमा परेको भिम दर्लामी मगरले गुनासो गर्नुभयो । नेपाल मगर संघले आफ्नो संस्कृति जोगाउनको लागि धादिङबेसीमा खुल्ला सोरठी तथा सालैज्यु प्रतियोगिताको आयोजना गरेको हो ।