अमेरिकाबाट नेपाल आयो दूध दिने बाख्रा !

872 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bakharaकाठमाडौं, गाईभैंसी दूधको लागि र भेंडाबाख्रा मासुको लागि पालिन्छ । तर सुन्दा अचम्म लाग्न सक्छ, अब दूध खाने बाख्रा पनि गाउँठाउँमा देख्न पाइने भएको छ । गोठमा दूध दिने बाख्रा भएपछि कुँडेमा पनि बाख्राकै दूध हुने भयो नै । अनि बजारमा गाई र भैंसीको जस्तै बाख्राको दूधको पनि किनबेच हुनेछ ।

नेपालका धेरै गाउँठाउँका लागि नौलो लाग्ने दूध दिने बाख्रा भित्रिसकेको छ । दूध उत्पादनकै लागि सरकारले अमेरिकाबाट दूध दिने बाख्रा आयात गरेको छ । सानन नामको यो बाख्राले दैनिक ४ देखि ५ लिटरसम्म दुध दिन्छ । हरेकको २ लाख रुपैंया तिरेर ३० पाठी र २० बोका अमेरिकाबाट आयात गरिएको हो ।
के हो सानन् बाख्रा ?

स्वीट्जरल्याडको सानन् उपत्यकामा विकास भएको यो जातको बाख्रा दूध उत्पादनको लागि विश्वभर प्रख्यात छ । १९ औँ शताब्दीमा युरोप र २० औँ शताब्दीको सुरुमा यसलाई अमेरिका लगिएको थियो । अमेरीकार्मा डेरी गोट’ नामले सानन् बाख्रालाई चिनिन्छ ।
यसको बिशेषता

यो बाख्रा पूर्णरुपमा सेतो हन्छ । यसका कान ठाडो ठाडो हुन्छ । दैनिक ४ देखि ५ लिटर सम्म दूध दिने यो बाख्रा ६१ किलोसम्मको हुन्छ । सानन् बाख्राको दूधमा तीनदेखि चार प्रतिशत मात्र फ्याट हुन्छ । त्यसैले यो जातको बाख्राको दूध कुपोषण भएका बालबालिका, दृद्धाहरु तथा दुधै खान नमिल्नेहरुका लागि पनि प्रभाबकारी रहेको र यो बाख्राको दूधबाट एलर्जी लगायतका अन्य असर समेत नहुने पशु प्रजनन् माहाशाखाका प्रमुख भोलाशंकर श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार सानन् बाख्राबाट किसानले दूध र मासु दुवैको उत्पादन लिन सक्छन् । यो बाख्राको लागि नेपालको पाहाडी क्षेत्र उपयुक्त छ ।
सबै किसान माझ पुग्न केहीवर्ष लाग्ने:

अमेरिकाबाट नेपाल ल्याएपछि नेपालको वातावरणमा घुलमिल गराउन नार्कको निगरानीमा राखेर बन्दिपुर र चित्लाङ बाख्रा फार्ममा पठाइएको छ । यो बाख्रा सुरुमा डडेलधुराका निम्न आय भएका लक्षित समूहलाई वितरण गरिनेछ । अहिले पाँच बोका र पाँच पाठी चित्लाङको सरकारी फर्म, १० बोका तथा १० पाठी बन्दिपुर फार्म र बाँकी राष्ट्रिय प्रजनन् केन्द्र पोखरामा राखिएको छ ।

प्रजनन्योग्य भएपछि मात्र तीनवटै केन्द्रमा राखिएका पाठापाठीबीच सँसर्ग गराई नयाँ पाठापाठी जन्माईनेछ । जन्मिएका नयाँ पाठापाठी अरु किसानलाई बाँडिनेछ भने बोका हरुलाई बिर्य उत्पादनको लागि फर्ममै राखिनेछ । अमेरिकाबाट ल्याउँदा महंगो परेपनि नेपालमा वितरण गर्दा भने अरु जातको बाख्रा जस्तै सस्तो पर्ने सरकारले जनाएको छ । पशु प्रजनन् माहाशाखाका प्रमुख भोलाशंकर श्रेष्ठका अनुसार सबै गाउँठाउँमा यस्ता बाख्रा पुर्याउन केही वर्ष लाग्नेछ ।

तस्विर सौजन्य: भोलाशंकर श्रेष्ठ