हिन्दु शास्त्र अनुसार कुन अंग फरफराउँदा कस्तो फल ?

766 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

मानिसको शरिर अन्य प्राणीको तुलनामा निकै संवेदनशिल हुन्छ । यही कारण भविष्यमा हुने घटनाप्रति हाम्रो शरिरले पहिले देखी नै आशंका समेत गर्ने गर्दछ । शरिरको विभिन्न अंग फरफराउनुले भविष्यमा हुने घटनाबारे जानकारी दिने कार्य गर्छ ।


समुन्द्र शास्त्र अन्तर्गत कुन अंग फरफराउँदा भविष्यमा कस्ता घटना घट्न सक्छन् भन्ने विषयमा विस्तृत रूपमा वर्णन गरिएको हुन्छ । शरिरको अंगहरू फरफराउनुले भविष्यमा हुने राम्रो र नराम्रो घटनाका बारे संकेत गर्ने गर्छ । वर्तमान समयमा यी कुराहरू विश्वास गर्न निकै कठिन हुने भएपनि यसलाई पुरै वेवास्ता भने गर्न सकिन्न । थाहा पाऔ शरिरको विभिन्न भागमा हुने फरफराइले के संकेत गर्छ ?


– समुन्द्र शास्त्रका अनुसार जुन व्यक्तिको चिउडो फडफडाउँछ, उक्त व्यक्तिलाई स्त्री खुस मिल्छ र साथमा धनलाभ पनि हुन सक्ने सम्भावना हुन्छ ।

– टाउकोको अलग-अलग भाग फरफराउँदा त्यसले पनि फरक-फरक संकेत गर्छ । निधार फरफराउँदा भौतिक खुस भोगको अवसर प्राप्त हुन सक्छ भने कानको भाग फरफराउँदा तपाईले राखेको इच्छाहरू पुरा हुन सक्छ ।
– दाहिने आँखाको आँखीभौ र आँखा फरफराउँदा तपाईले चाहेका सबै इच्छा पूर्ण हुन्छन् भने बायाँ आँखा र आँखीभौ फरफराउँदा शुभ समाचार प्राप्त हुन्छ । तर, यदी दाहिने आँखा फरफराए शारीरिक कष्ट हुने गर्छ ।
– दुवै गाला फरफराउँदा भने धन प्राप्त हुन्छ ।
– यदी तपाईको ओठ फरफराए तपाईको मिल्ने व्यक्तिको आगमन हुन्छ । मुख फरफराउँदा भने छोराबाट शुभ समाचार प्राप्त हुन सक्ने सम्भावना रहन्छ ।
– दाहिने काँध फरफराए धन सम्पत्ति हात पर्न सक्छ भने बायाँ काँध फरफराउँदा सफलता प्राप्त हुने तर, यदी दुवै काँध फरफराए झगडाको सम्भावना बढ्छ ।
– यदी हात फरफराए मानिस कुनै विपत्तिमा फस्न सक्छ । हातको औला फरफराए साथीहरूसँग भेट हुने बताएका छन् ।
– ढाड फरफराए केही विपदको सम्भावना रहन्छ ।
– छाती फरफराउँदा साथिसँग भेट हुन सक्छ । मुटुको उपल्लो भाग फरफराए झगडा हुने सम्भावना रहन्छ ।
– दाहिने खुट्टा फरफराए कठिनाईको सामना गर्नुपर्ने हुन्छ भने बायाँ खुट्टा फरफराउँदा कतै यात्रा गर्ने सम्भावना रहन्छ ।