भुटानमा २८ हजार नेपाली भाषीले खोसिएको नागरिकता पाएनन्

487 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 

काठमाडौं, १७ फागुन । भुटानभित्रै रहेका २८ हजार नेपालीभाषीले सरकारले खोसेको नागरिकता अझै फिर्ता पाएका छैनन ।

सन १९९० को दशकको सुरुमा राजनीतिक आन्दोलनमा जोडिएको आरोप लगाउँदै खोसेर दरबार पुराइएको नागरिकता उनीहरुले अझै नपाएका हुन् ।

नागरिकता फिर्ता नहुदाँ उनीहरुले आधारभूत सुविधाबाट पनि बन्चित हुनुपरेको नयाँ पत्रिका दैनिकले छापेको छ ।

नेपालीभाषीलाई अनागरिक बनाउने तत्कालीन सरकारको निर्णयविरुद्ध आन्दोलित भएका नेपालीभाषी सारछोक्या जातिका भुटानीलाई राजाको आदेशमा देश निकाला गरिएको थियो ।-by dainiknepal.com