वेमौसमी बर्षाकै बिच मण्डली उमाविले जित्यो क्षेत्रीय प्रतियोगिता

634 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

rastrapati runningधादिङ– खेल शुरु भएको दिन देखि समापनका बेला सम्म पनि वेमौसमी बर्षा नरोकिएपनि यस बर्षको धादिङ क्षेत्र नम्बर १ स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पानी पानीका बिचनै सम्पन्न भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको लागि बसेरीमा सञ्चालन भएको क्षेत्र नम्बर १ को क्षेत्रीय प्रतियोगिता झरीको बाबजुद पनि आईतबार सम्पन्न भएको छ । फागुन १४ गतेबाट खेल सुरु भएपनी त्यसदिनबाट परेको पानी अझै सम्म पनि रोकिएको छैन । मौसममा सुधार आउन संकेत देखिएपनी सुधार नआएपछी खेलहरु खेलाईएको जिल्ला खेलकुद विकास समिति धादिङका सचिव कृष्णलाल श्रेष्ठले जानकारी दिनुभयो । बसेरी गाउँ विकास समिति वडा नम्बर २ बसेरी माविमा सन्चालन भएको क्षेत्रीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भने मण्डली उच्च माध्यमिक विद्यालयले उचालेको छ । पुर्व च्याम्पियन समेत रहेको मण्डली उच्च माध्यमिक विद्यालयले २ सय ६९ अंक ल्याएर प्रथम स्थान हासिल गरेको हो । यसैगरी यसैगरी बद्रिविशाल उमावि बुढाथुम १ सय ३१ अंकको साथ द्धितिय, बसेरी मावि १ सय २८ अंकको साथ तृतीय भएको छ भने बछाला उमावि सत्यदेवी ९६ अंकको साथ सान्त्वना भएको छ । बिजयी विद्यार्थीहरुलाई ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कृत गरीएको छ । प्रतियोगितामा चौथो स्थान सम्म हासिल गर्ने विद्यार्थीले आगामी चैत्र २७ गतेदेखी धादिङबेसीमा हुने चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि जनाउने पाउने छन् ।