जाजरकोटमा दुर्लभ चरा चीर कालिज फेला

3504 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जाजरकोट-नेपालमा पाईने लोपोन्मुख चराहरुको अनुसन्धान र संरक्षणमा कार्यरत एक मात्र संस्था नेपाल पंछी संरक्षण संघका विज्ञहरुले जाजरकोटको जंगलमा सुन्दर चरा चीर कालिज फेला पारेका छन् । चीरकालिज विस्वमै लोपोन्मुख र दुर्लभ रहेकै कारण नेपाल सरकारले संरक्षित ९ प्रजातीका चराहरुको सूचीमा सूचीकृत गरेको छ ।
जिल्लाको वन्यजन्तु तथा पंछी हको अध्ययन र अनुसन्धानमा लागेको संस्था बारेकोट पर्यावरण तथा एकीकृति विकास अभियानको पहलमा नेपाल पंछी संरक्षण सघका विज्ञ टोलीहरुले जिल्लामा दुर्लभ र लोपोन्मुख चराको अध्ययन अनुसन्धान गरेका हुन् ।
cheer kalij (2)पंछी संरक्षण संघका फिल्ड वायोलोजिष्ट कृष्ण भुषाल र गिद्धविज्ञ ईस्वर चौधरीले शक्ला–१ लैखम जंगलपाखामा चीरकालिजकावथान फेला पारेको हो । यस अघि यसै संघले जाजरकोटमा सुनगिद्ध लगायत अन्य ४ प्रजातीका दुर्लभ र लोपोन्मुख गिद्धहरुको अध्ययन गरि सकेकोछ । सुनगिद्धको गु“ड फेला परेको जाजरकोट दक्षिण एशियामै दोश्रो जिल्ला हो । यस अघि पाल्पामा पनि यौटा गुंड फेला परेको थियो । पाल्पामा अर्को पनि गुंड फेला परेकोछ । हाल सम्म जाजरकोट समेत सुनगिद्धका गुंड ३ वटा मात्रै फेला परेका छन् ।
लोपोन्मुख चीरकालिज जिल्लाका नायकवाडा, सक्ला, खगेनकोट, रग्दा, भगवती, रोकायगाउं, झाप्रा, कार्कीगाउं, सीमा, साल्मा लगायत एक दर्जन गाविसहरुका जंगलमा पाईने भएकोले चैत महिना भित्रै सवै गाविसमा अध्ययन र अनुसन्धान हुने बारेकोट पर्यावरण तथा एकीकृत विकास अभियानका उपाध्यक्ष हरिहरसिंह राठौरले वताउनु भयो ।
cheer kalij (1)जाजरकोटको उत्तरी भेक बारेकोट भेक जैविक विविधताले भरिपुर्ण मानिन्छ । यस भेकका नायकवाडा , रोकायगाउं र सक्लामा यस अघिनै वहु सरोकारवाला वन कार्यक्रम र जिल्ला विकास समिती जाजरकोटले विज्ञहरु करनवहादुर शाह, पंछी विज्ञ डाक्टर हेमसागर वराल , अजुर्जन थापा लगायतका समूह वाट विभिन्न पटक पर्या पर्यटनको सम्भावना र जैविक अनुसन्धान गरि सकेकोछ । विज्ञहरुले जाजरकोटमा विश्वकै दुर्लभ वन्यवन्तु रेडपाण्डा समेत फेला पारेका छन् ।
संस्थाले जिल्लामा लोपोन्मुख गिद्ध , चीरकालिज लगायत पंछी संरक्षणका लागी विशेष चेतनामूलक अभियान संचालन गर्ने कृष्ण भुषाल वताउनु हुन्छ । द्धन्दकालमा विस्थापित भएका जिल्ला वन कार्यालयका विभिन्न अंगहरु हाल सम्म र्पुस्थापना नहुनु र जनशक्तिको अभाव भएकै कारण जिल्ला वन कार्यालयले पनि कुनै गश्ती नपठाउनुले जिल्लामा परम्परागत शिकारका कारण दुर्लभ वन्यजन्तुहरु र वासस्थान विनाश हुदैं गएका छन् । जिल्ला बन कार्यालयमा वन्यजन्तुको संरक्षणमा प्रचारप्रसारमा प्राप्त रकमको पनि सदुपयोग हुन सकेको छैन ।